संघीय सरकारलाई कलम पठाए - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

संघीय सरकारलाई कलम पठाए

साइनो समचारदाता
पथरी । देशव्यापी आन्दोलन अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरस्थित नेपाल नगरपालिका कर्मचारी एशोसियसन इकाई समितिमार्फत् पनि ३ वुँदे माग सहित आन्दोलित कर्मचारीहरुले बुधबार संघीय सरकारलाई कलम पठाएका छन् ।

समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अगुवाईमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतममार्फत् सरकारलाई आफ्ना मागबारे सम्वोधन गरेर लेख्नका लागि कलम पठाएको समितिले वताएको छ । कलम ग्रहणपछि प्रमुख प्रशासकीय अधिकृत गौतमले यसलाई संघीय सरकार समक्ष पठाउने वताए । संघीय निजामति कर्मचारीलाई प्रदेश तथा स्थानीय तहमा समायोजन गर्दा अपनाईने सिद्धान्त, व्यवहार र मापदण्डकै आधारमा साविकका स्थानीय निकायमा कार्यरत कर्मचारीलाई समेत संविधानअनुरुप समायोजन गर्नेगरी अध्यादेशमा संसोधनको माग गरिएको छ । अस्थायी, करार र ज्यालादारी कर्मचारीको सर्वाेच्च अदालतको आदेशका आधारमा प्रतिष्पर्धामार्फत् स्थायी गर्ने र सेवा अवधि गणनाका आधारमा हुने बृद्धि विकासको सुनिश्चित गर्ने अर्काे माग रहेको छ । साथै फोहोरमैला तथा सरसफाईका क्षेत्रमा कार्यरत कर्मचारीको पेशागत सुरक्षाको प्रत्याभूति गरी नीजि क्षेत्रमा उनीहरुलाई नलगी रोजगारीको सुनिश्चितता गर्नुपर्ने पनि माग राखिएको छ ।

सम्बन्धित खवर