पथरीमा विमा अभिमुखीकरण - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

पथरीमा विमा अभिमुखीकरण

साइनो समचारदाता

उर्लावारी । मोरङको पथरीशनिश्चरे नगरका वडा वडामा स्वास्थ्य विमा कार्यक्रमका बारेमा जानकारी गराउने क्रममा बुधबार वडा नम्वर १ र १० का वासिन्दासंग अभिमुखिकरण सम्पन्न भएको छ ।
नगरपालिका कार्यालयमा १ नम्वर वडाध्यक्ष वावुराम एङ्गदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, स्वास्थ्य चौकीका जगत मगर सहितले अभिमुखिकरणको सहजिकरण गरेका थिए । उनीहरुले सरकारले देशैभरी ल्याएको यो कार्यक्रम अन्तर्गत सवै वडावासीले विमा गरी स्वास्थ्य सुविधा लिन आव्हान समेत गरेका छन् । ५ जना परिवारसम्मका लागि २ हजार ५ सय रुपैयाँ विमा गर्दा ५० हजार रुपैयाँ वरावरको उपचार सेवा पाउने प्रावधान छ । पथरीशनिश्चरे नगरका लागि उपचारको पहिलो विन्दुका रुपमा उर्लावारीको मंगलबारे अस्पताललाई लिइएको छ ।

सम्बन्धित खवर