नेकपा र कांग्रेसका एक दर्जनभन्दा बढी नेता कार्यकर्ताहरू पाटी परित्याग - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

नेकपा र कांग्रेसका एक दर्जनभन्दा बढी नेता कार्यकर्ताहरू पाटी परित्याग


साइनो समचारदाता
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस परित्याग गरी एक दर्जनभन्दा बढी केन्द्रीय र स्थानीय तहका नेता तथा कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरूमा नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्यद्वय डा. धनवहादुर मोक्तान मकवानपुर र गजलाल बास्कोटा काठमाडौँ, नेकपा (एमाले) का पूर्व नारायणी अञ्चल समिति सदस्य छ्योइसङ तामाङ मकवानपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकका जिल्ला नेता भिमराज तामाङ, नेपाली कांग्रेस काभ्रेका जिल्ला नेता राजमान तामाङलगायत एक दर्जन बढी नेता तथा कार्यकर्ताहरू छन् ।
प्रवेश कार्यक्रम ससफो ३ न प्रदेशका अध्यक्ष्य लालवहादुर तामाङको अध्यक्षतामा पुस १० गते खुशिबुँ, पुस्पलाल पथ स्थित नेपाः ब्यान्क्वेटमा भएको पार्टी महाधिवेशन सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा माननीय उपप्रधानमन्त्री एव स्वास्थ तथा जनसंख्या मन्त्री तथा ससफो अध्यक्ष श्री उपेन्द्र यादवको प्रमुख अध्यक्षतामा सम्पन्न भएको थियो ।
नवप्रवेशी नेताहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रकम चेमजोङले खादा र अविर लगाएर स्वागत गरेका थिए । वैशाखमा हुन लागेको ससफोको राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गर्दै नेताहरू यतिवेला कार्यकर्ताहबिच अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा जुटेका छन् ।

सम्बन्धित खवर