पथरी वहुमुखी दीप प्रज्वलन - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

पथरी वहुमुखी दीप प्रज्वलन


साइनो समचारदाता
पथरी । दाङ्गमा भएको वस दुर्घटनामा मृत्यु भएका विद्यार्थीको सम्झनामा पथरी वहुमुखी क्याम्पस पथरीशनिश्चरे, मोरङमा दीप प्रज्वलन गरिएको छ ।

सोमवार विहान क्याम्पसमा अखिल र अखिल क्रान्तिकारीको आयोजनामा दीप प्रज्वलन गरिएको हो । मृत्यु भएका विद्यार्थीलाई श्रद्धान्जली दिन र घाइतेको सिध्र स्वास्थ्यको कामना गर्न सो कार्यक्रम गरिएको अखिलका विवेक न्यौपानेले वताए । मृतक विद्यार्थीको सम्झनामा रिप लेखेर मैनवत्ती वालिएको थियो ।

शौक्षिक भ्रमणका क्रममा शनिबार दाङ्गमा शहिद कृष्णसेन इच्छुक प्राविधिक विद्यालयका २३ जना विद्यार्थीको मृत्यु भएको थियो ।

सम्बन्धित खवर