नगरमा छानविन समिति - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

नगरमा छानविन समिति

साइनो समचारदाता
पथरी ।
पथरी शनिश्चरे नगरपालिका कार्यालय मोरङ प्रदेश नम्बर १ ले छान विन समिति बनाएको छ ।
प्राविधिक कर्मचारीले अनियमितता गरेको आरोप नगरमा आएपछि सो विषयमा छानविन गर्न समिति बनाएको हो । नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले १ नम्वर वडाध्यक्ष वाबुराम एङ्देन, २ नम्वर अध्यक्ष यामप्रसाद गुरागाईं, ४ नम्वर अध्यक्ष गोविन्दवहादुर भण्डारी र ८ नम्वर अध्यक्ष बाबुराम दाहाल रहेको समिति निर्माण गरेको हो ।
नगरका इन्जिनियर अरुण क्षेत्रीले अनियमितता गरेको भन्ने आरोप सहित विभिन्न संचार माध्यममा पटक पटक समाचार आइरहेको थियो । समितिले १ साताभित्र सत्यतथ्य पत्ता लगाई नगर कार्यपालिकामा पेश गर्ने निर्णय भएको नगर प्रमुख राईले जानकारी दिएका छन् ।

नगरपालिकाका आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेको कामकारवाहीमाथि ग्रिनल्याण्ड कन्सल्टेन्सीका सञ्चालक हेमन्त विष्टको अगुवाईमा कन्सल्टेन्सीमा आवद्धहरुले उजुरी गर्दै पत्रकार सम्मेलन नै गरेर जानकारी गराएका थिए ।

सम्बन्धित खवर