क्रिसमस डे धुमधाम मनाइयो - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

क्रिसमस डे धुमधाम मनाइयो

साइनो खबर समचारदाता
पथरी । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा क्रिसमस डे मंगलबार विविध कार्यक्रम गरी मनाइएको छ । क्रिसमस डेको अवसरमा नेपाल लगायत अन्य देशहरुमा पनि धुमधाम मनाइएको थियो ।
नेपालमा हजारौं चर्च तथा ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान छ । क्रिसमस ट्रीलगायतका सजावटले मुलुकभरको व्यापारिक भवन, चर्च र घरमा आकर्षकरुपमा सजाइएको थियो । सो अवसरमा विविध सांगीतिक कार्यक्रम गरेर पनि मनाइएको थियो । यो दिन सरकारले इसाइ धर्मवलम्बीहरुलाई मात्र विदा पनि दिने गरेको छ । सरकारले ०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिने गर्दथ्र्याे ।


येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
क्रिसमसडेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली, लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष फिपराज बेघालगयातले शुभकामना सन्देश दिएका थिए ।
राष्ट्रपति भण्डारीले देश–विदेशमा रहेका क्रिश्चियन धर्मालम्बीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना सन्देश दिँदै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताएकी छन् ।

 

सम्बन्धित खवर