गणतान्त्रिक धिमाल संघको समायोजन - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

गणतान्त्रिक धिमाल संघको समायोजन

साइनो समचारदाता
दमक । नेपाल गणतान्त्रिक धिमाल संघ झापा जिल्ला समिति समायोजन कमिटि दमक चरकपाडा झापामा गठन गरिएको छ ।
मंगलबार भएको भेलाले संघको जिल्ला कमिटि र दमक नगर कमिटि समायोजन गरिएको हो । समायोजित झापा जिल्ला कमिटिको अध्यक्षमा राजु धिमाल छन् । त्यस्तै उपाध्यक्षमा अमर धिमाल र सचिव तिलक धिमाल छन् । भने सदस्यहरुमा बाङगा बहादुर धिमाल, मिना धिमाल, हलबहादुर धिमाल, चटकबहादुर धिमाल र लालबहादुर धिमाल रहेका छन् ।
सोहि भेलाले संघको दमक नगर कमिटि समेत गठन गरेको छ । नगर अध्यक्षमा पदम धिमाल, उपाध्यक्षमा दलबहादुर धिमाल, सचिवमा भरत धिमाल, सदस्यहरुमा भविराज धिमाल, विष्णुमाया धिमाल, ईन्द्र धिमाल र विर्ख धिमाल छन् । नेकपा प्रदेश नम्बर १ का सदस्य लोकबहादुर धिमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल गणतान्त्रिक धिमाल संघका नेताहरु रामबहादुर धिमाल, गणेशमान धिमाल, रतन धिमाल, नम्बरलाल धिमाल, मनिराज धिमाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर