आज क्रिसमस डे - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

आज क्रिसमस डे


साइनो खबर समचारदाता
पथरी । मंगलबार अर्थात् २५ डिसेम्बर । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा क्रिसमस डे विविध कार्यक्रम गरी मनाइँदैछ । क्रिसमस डेको अवसरमा नेपाल लगायत अन्य देशहरुमा पनि मनाइन्छ ।
नेपालमा हजारौं चर्च तथा ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान छ । क्रिसमस ट्रीलगायतका सजावटले मुलुकभरको व्यापारिक भवन, चर्च र घरमा आकर्षकरुमा सजिएको छ । सो अवसरमा विविध सांगीतिक कार्यक्रम गरेर मनाउने गरिन्छ । यो दिन सरकारले इसाइ धर्मवलम्बीहरुलाई मात्र विदा पनि दिने गरेको छ । सरकारले ०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिने गर्दथ्र्यो ।
येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत चलाइएको विश्वास गरिन्छ ।
क्रिसमसडेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले देश–विदेशमा रहेका क्रिश्चियन धर्मालम्बीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना सन्देश दिँदै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताएकी छन् ।
प्रधानमन्त्री ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताएका छन् ।

सम्बन्धित खवर