उपसचिवद्वारा प्रधानमन्त्रीलाई दिए चुनौति - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

उपसचिवद्वारा प्रधानमन्त्रीलाई दिए चुनौति


साइनो समचारदाता
विराटनगर । केपी ओली नेतृत्वको सरकारलाई बिराटनगर मोरङका उपसचिव प्रेम सञ्जेलले कडा चुनौती दिएका छन् । उनी विराटनगरबाट इटहरी सरुवा गरिएपछि आक्रोशित छन् ।
उपसचिव सञ्जेलले सोमबार पत्रकार सम्मेलनै गरेर प्रधानमन्त्री, मन्त्री र सचिवलाई घुस खाएको प्रमाणित गरेर देखाउन प्रधानमन्त्री ओली, श्रममन्त्री गोकर्ण विष्ट र सचिव महेश दाहाललाई समेत चुनौती दिए । ४० वर्षको अवधिमा एकजना मान्छेको घुस नखाएको भन्दै आक्रोशित हुँदै भने, ‘कोही माइकालाल जन्मिएको छ ? केपी ओलीसहित !’
सञ्जेल गत असोज २५ गतेसम्म निर्वाचन कार्यालय मोरङमा कार्यरत थिए । असोज २५ गते उनी निर्वाचन कार्यालयबाट श्रम तथा रोजगार कार्यालय बिराटनगरमा सरुवा भए ।
सरुवा भएको अढाइ महिना पनि नपुग्दै उपसचिव सञ्जेललाई सरकारले शुक्रबार सीप विकास कार्यालय इटहरीमा कामकाज गर्ने गरी सरुवा गरेको थियो ।

सम्बन्धित खवर