पालाममा चन्द्रकला र कवितामा निशा प्रथम - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

पालाममा चन्द्रकला र कवितामा निशा प्रथम

साइनो समचारदाता
पान्थर । चासोक तङनामको अवसरमा पान्थरको फेदेन स्थित सुम्हेत्लुङमा पालाम र लिम्बु भाषाको कविता प्रतियोगिता सम्पन्न भएको छ ।
पालामतर्फ तेह्रथुम खाम्लालुङका चन्द्रकला हुक्पाचोङ्बाङ समूह प्रथम, विराटनगर मोरङका मीनकुमारी सेन्दाङ समूह दोस्रो र फालेलुङ, पान्थरका सोममाया फागो समूह तेस्रो भएका थिए । उत्कृष्टहरुले प्रथम पुरस्कार रु, २०००० (बीस हजार), दोस्रो पुरस्कार १५०००(पन्ध्र हजार)तेस्रो पुरस्कार १००००(दस हजार )र प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।


कवितातर्फ निशा लोवा, दिपक नेम्बाङ भैरस र खेवाहाङ योङहाङ क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान हात पारेका थिए ।
कार्यक्रम पालाम प्रतियोगिता केलाङ साँस्कृतिक समाज पान्थर र कविता प्रतियोगिता याक्थुङ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेका हो ।

सम्बन्धित खवर