भत्ताबाट ज्येष्ठ नागरिकलाई सम्मान - Sainokhabar
  • शनिबार, असोज ०९, २०७८

भत्ताबाट ज्येष्ठ नागरिकलाई सम्मान

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे ४ का २ जना जनप्रतिनिधिले आफ्नो भत्ता वापत्को ४५ हजार रकमबाट ५४ जना ज्येष्ठहरुलाई सम्मान गरेका छन् ।
वडाध्यक्ष गोविन्दवहादुर भण्डारी र सदस्य खड्गबहादुर मगरले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन् । वडाध्यक्ष भण्डारीले ४० हजार र सदस्य मगरले ५ हजार जम्मा पारेर महिलाका लागि जाडोको वर्काे र पुरुषका लागि दोसल्ला ओढाउने तथा जुस खुवाउने काम भएको छ । ९९ वर्षीया सरस्वती खड्का ९८ वर्षीया पवित्रा कार्कीसहितका ८० वर्षमाथिका ज्येष्ठलाई नगर प्रमुख दिलिपकुमार राई तथा पूर्व सांसद लालबहादुर सुस्लिङले एक कार्यक्रमकाबीच सम्मानित गरेका हुन् ।

सम्बन्धित खवर