क्याम्पसमा पाठनपाठन ठप्प - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

क्याम्पसमा पाठनपाठन ठप्प


साइनो समचारदाता
सुन्दरहरौचा । सुकुना बहुमुखी क्याम्पस सून्दरहरौचा, मोरङले बेवास्ता गरेको क्याम्पसको प्रशासन कक्षमा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेपछि पठनपाठन ठप्प भएको छ ।
पुस ६ गते विभिन्न माग राख्दै क्याम्पस प्रमुखलाई स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएको थियो । मागको सम्बोधनका लागि १ हप्ताको अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाए पनि स्ववियुले ३ दिनपछि नै तालाबन्दी गरेको हो । विद्यार्थीको हकहितका लागि काम गर्ने साझा संस्थाले नै पठनपाठनलाई असर पुग्ने गरी ताला लगाएको क्याम्पस प्रशासनले जनाएको छ ।

ब्याडमिन्टनको कोर्ट निर्माण गर्नुपर्ने भनी पटकपटक मौखिक जानकारी गराए पनि क्याम्पस प्रशासनले बेवास्ता गरेको स्ववियु सभापति सन्तोष लिम्बूले बताए । उनले भने, ‘सञ्चालक समितिको बैठकमा समेत क्याम्पसले आफ्ना माग प्रवेश नगराएपछि अल्टिमेटमको अन्तिम मितिभन्दा अगाडि नै ताला लगाउन बाध्य भएको लिम्बूले बताए ।

यता, क्याम्पस प्रशासनले भने वार्ताको माध्यमबाट आजै ताला खुलाइने बताएको छ । सहायक क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठले विद्यार्थीको माग जायज भए पनि छलफल गर्दागर्दै ताला लगाइएको बताएका छन् । स्ववियु सभापति लिम्बू भने वार्ताका लागि आफूहरूलाई नबोलाइएको बताउँछन् ।

सम्बन्धित खवर