सहिद छत्र सावदेनको १७ औं स्मृति दिवस - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

सहिद छत्र सावदेनको १७ औं स्मृति दिवस

साइनो समचारदाता
इलाम । किरात धर्म दर्शनको निमित्त जिउ ज्यान नै आहुति दिने वीर किरात सहिद छत्र सावदेनको १७ औं स्मृति दिवस बिविध कार्यक्रमहरु बिच माङसेबुङ ५ गुरु निजि आश्रमा अवस्थित माङ इङ्दङ हिममा पुस ६ गते सम्पन्न भएको छ ।


किरात चोलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रिय समिति अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय उपाध्यक्ष दुधबहादुर लाओती को विशेष आतिथ्य किरात धर्म जन्य संघ संस्थाका प्रतिनिधि संचारकर्मी, कलाकर्मी, महानुभावहरुको आतिथ्यमा सम्पन्न १० बर्षे जनयुद्ध कालमा तत्कालीन माओबादीबाट इलामको जितपुरबाट अपहरण गरी दानाबारीको सहबिरे जंगलमा निर्ममता पुर्वक हत्या गरिएका सहिद छत्र सावदेनको स्मृति दिवस कार्यक्रममा प्रकाश सावदेन, चिरन्जिबी खालिङ, जलन आङ्बुहाङ, मनमाया योङ्हाङ, मनकुमार आङ्बुहाङ, दुध्बहादुर लाओती र केहेर्सिङ योङ्हाङले शुभकामना मन्तब्य साथै छत्र सावदेन बारे आफ्ना भनाईहरु राखेका थिए । सिकुम लिम्बु को कार्यक्रम सन्चालन, कृतिमान खालिङको स्वागत मन्तब्य, दिपक तिगेलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर