भूमिविहीन जेष्ठ नागरिकको विचल्ली, श्रीमतीको सहरामा गुजारा चलाउँदै - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

भूमिविहीन जेष्ठ नागरिकको विचल्ली, श्रीमतीको सहरामा गुजारा चलाउँदै

साइनो समचारदाता
उर्लाबारी । ‘तिमी भयौं बुढी पिपल, म त बुढो वर, जिन्दगीको चौतारीमा, एक अर्काको भर’ गायक शिशिर योगीको गीतले भने जस्तै एक जेष्ठ जोडीको अवस्था त्यस्तै छ ।
मोरङको उर्लाबारी नगरपालिका ७ का ८९ बर्षका कमल श्रेष्ठ यतिखेर श्रीमतीको सहारामा दिन काट्दैछन् । उनको २ छोरा र एक छोरी छ । श्रीमती साईली जन्मजात अपाङ्ग(लाटी) छिन् । श्रीमान कमलको दुबै हात खुट्टा चल्दैन । श्रीमतीले दिन भरि मागेर ल्याएर श्रीमानलाई खुवाउने गरेकी छिन । श्रीमतीको सहारामा बाच्नु परे पनि उनीहरुको माया प्रेम भने निकै गाढा छ । उनीहरुकोमा पुग्ने जो कोहिको पनि त्यो अवस्था देख्दा आँखा रसाउने गर्छ ।


अर्काको जमिनमा भएको खाली जग्गामा बस्दै आएका वृद्ध दाम्पतीलाई नजिकै रहेको अनार्थ आश्रमले सहयोग गर्दै आएको कमल बताउँछन । आश्रम र छिमेकीले दिएको र श्रीमतीले मागेर ल्याएकोले जेनतेन गुजरा चलेको उनी बताउँछन ।
पहाडमा १४ बर्षको उमेरमा बाख्रालाई घाँस झार्न रुखमा चढ्दा लडेर शरिरको एक पाटो चल्न छोडेको कमलका २ श्रीमती थिए । ३ सन्तान जन्मिए पछि श्रीमतीको मृत्यू भए पछि मधेश झरेर कान्छी बिबाह गरेको उनी बताउँछन ।
२५ बर्ष अघि देखि दुबै हात खुट्टा चल्न छोडे पछि उनीले बाहिरी संसार देख्न पाएका छैन । हाल कान्छी श्रीमतीसंग बस्दै आएका कमलको कान्छी पटी भने छोरा छोरी छैन । बेसहारा वृद्ध दम्पती सन्तान नभए पनि उनीहरुमा माया र प्रेम अथाह छ । मिठो मसिनो खान लाउन नपाए पनि संगै मर्न पाए हुने भन्ने कमलको अन्तिम ईच्छा रहेको छ ।

सम्बन्धित खवर