साइनो समचारदाता
इलाम । चासोक तङनामको अवसरमा आयोजित इलामको माङसेबुङ गाउँपालिकास्तरीय आम भेलामा किरात याक्थुङ चुम्लुङ माङ्सेबुङ गाउँपालिकाको तदर्थ समिति शनिबार गठन भएको छ ।
कमला आङ्देम्बेको नेतृत्वमा किरात याक्थुङ चुम्लुङको १४ सदस्यीय नयाँ समिति गठन गरिएको छ । यसमा उपाध्यक्ष रुपा आङबुहाङ, सचिव राजेन्द्र नेम्बाङ, सहसचिव अर्जुन योङहाङ र कोषाध्यक्ष खडक इधिङगो निर्वाचित भएका छन । सदस्यहरुमा क्रमशः उदिप योङहाङ, रिपना फियाक, बसन्त लिम्बू, धनकुमार लोरिङन्देन, मुना इधिङ्गो, चन्द्र योङहाङ, नन्दकुमार सेर्मा, प्रकाश सावदेन र ललितचन्द्र फियाक रहेका छन ।
माङसेबुङ ५ स्थित किरात साम्यो हक्चात यक्चुमको कार्यालयमा भएको आम भेलामा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा कार्य समिति इलामको उपाध्यक्ष एनबी योङहाङ, नेपाल आदिवासी जनजाति महासंघ माङसेबुङ गाउँपालिका संयोजक चन्द्र साँबालगायतको उपस्थिति रहेका थिए ।
सोही भेलाले राजकुमार माबोहाङको अध्यक्षतामा याक्थुङ युवा मञ्च माङसेबुङ गाउ‘पालिका तदर्थ समिति पनि गठन गरेको छ । यसमा उपाध्यक्षद्धय मनकुमारी तुम्बाहाङफे र बिन्दुप्रकाश नेम्बाङ, सचिव रविन कुरुम्बाङ चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा क्रमशः अर्जुन योङहाङ, विरेन्द्र सावदेन, सुसिल योङहाङ, सव्या र विजय लाओती रहेका छन । भेलामा चुम्लुङ बाँझो पूर्व अध्यक्ष तथा इलाम जिल्ला सदस्य मनकुमार आङबुहाङ र पूर्व सचिव तथा इङ्जोत्लुङ पाक्षिकका सम्पादक दिलबीर सेर्मालाई सम्मानित गरिएको छ ।
कार्यक्रममा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो उपाध्यक्ष तथा माङसेबुङ मासिकका कार्यकारी सम्पादक ज्ञानु केदेम, लेखक तथा बुद्धिजीवी इन्द्र आङदेम्बे, संघीय समाजवादी फोरम माङसेबुङ इन्चार्ज मणिविक्रम योङहाङ, माङसेबुङ वडा नं ५ का वडा सदस्य पवित्र तुम्बाहाङफे, राष्ट्रिय जनमुक्ति पार्टी माङसेबुङ अध्यक्ष सुरेन्द्र तुम्बाहाङफे, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका सदस्य धनराज सम्बाहाङफे, किरात साम्जीक मुन्धुम निसामहिम व्यवस्थापन समिति अध्यक्ष देउकुमार आङदेम्बेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
किरात याक्थुङ चुम्लुङ साविक वाँझो अध्यक्ष तथा आम भेला संयोजक कमला आङदेम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साविक बाँझोका उपाध्यक्ष नन्दकुमार सेर्माले स्वागत मन्तव्य राखेको थियो भने, कार्यक्रम सचिव रविन कुरुम्बाङले संचालन गरेका थिए ।