धुमधाम चासोक मनाउँदै - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

धुमधाम चासोक मनाउँदै


साइनो समचारदाता
पथरी । प्रदेश नम्बर १ लगायत देश विदेशमा चासोक तङ्नाम मनाइन्दैछ । मङ्सिर पूर्णेमा पुस ७ गते चासोक(न्वागी पुजा) दिन भनेर आ–आफ्नो सँस्कृतिअनुसार मनाइन्छ ।
झापा, मोरङ, सुनसरी, इलाम, पान्थर, ताप्लेजोेङ, तेह्रथुम, धनुुुकुटा, सखुवासभा, उपत्यकालगायत स्थानहरुमा सामुहिक रुपमा मनाइदै आएको छ ।
मोरङ
मोरङको पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी, बेलबारीको डागीहाट, गौथली चोक, लेटाङ, जाँते, मिक्लाजुङ, केराबारी, सुन्दरहरौचा, विराटनगरमा कार्यक्रमको आयोजना गरिएको किरात याक्थुङ चुम्लुङका मोरङ अध्यक्ष विवेक योङहाङले बताएका छन् ।
पथरीमा नेपालीहरुको महान् चाड चासोक तङ्नामको अवसरमा शुभकामना दिन मोरङको पथरीशनिश्चरेमा मुख्य मन्त्री शेरधन राई भोलि सम्बोधन गर्ने भएका छन् ।


किरात याक्थुङ चुम्लुङ र सिरिजंगा स्मृति धार्मिक बनको आयोजनामा भइरहेको विविध कार्यक्रम सुरु भएको छ । पुस ४ गते राजकुमारी साँवा स्मृति र मनमाया तुम्बाहाङ्फे सिरेङ स्मृति पुरुष भलिबल रनिङ कप, बुद्धराज हाङ्गाम लिम्बु स्मृति महिला भलिबल रनिङ् कप धमाधम भइरहेको छ । पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेताले ५१ हजार र उपविजेताले ३१ हजार र महिला भलिबल प्रतियोगिताको उपाधि ३१ हजार र उपविजेताले २१ हजार प्राप्त गर्ने गर्नेछन् । प्रथम पुरुष भलिबलको पुरस्कारको राशी गंगा सावा, दोस्रो पुरस्कार तेजबहादुर सिरेङ र प्रथम महिला भलिबलको पुरस्कारको पर्शुराम कार्की, दोस्रो पुरस्कारको कोपिला सिरेङले प्रायोजन गर्ने भएको छ ।
पुष ६ गते आज लिम्बूहरुको एतिहासिक लोपउन्मुख खेल पक्लुङ लेप्मा (छेलो), हप्रिङ लक्मा (लङजम), लि.तोङ आप्मा (धनुष काड) प्रतियोगिता हुदैछ । पुस ७ गते औपचारिक कार्यक्रम हुदैछ । विहान ९ बजे सम्म उधौली पूजा गरी ११ बजे अक्षेता भेटि जम्मा गरी प्रसाद वितरण गरिने, दिनको १२ बजेदेखि साँस्कृतिक केःलाङ, माङलाङ, येवालाङ, याराक्लाङ र हाक्पारे ख्याली प्रस्तुत हुने, सम्मान कार्यक्रम, पुरस्कार कार्यक्रम हुने सिरिजंगा बनका सचिव सन्तोष सिरेङले जनाएका हुन् । साथै गायक दिपक लिम्बूलगायतले प्रस्तुती रहने आयोजकले जनाएको छ । समापन कार्यक्रममा मुख्य मन्त्री सेरधन राई, आङ्वो, चुम्लुङ केन्द्रिय उपाध्यक्ष कमल तिगेला, प्रदेश अध्यक्ष धुव्र कुमार मेयाङ्बो, प्रदेश सांसदत्रय कुसल साम्वा, कृष्णा राई, सूर्यमाराज राईलगायतको उपस्थिति रहने बताइएको छ ।
झापा
याक्थुम युबा मञ्च झापाले बुधबार दमकमा चासोक तङनाम–२०७५ को शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्चका झापा अध्यक्ष प्रेम शेर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि युबा बत्ताहरुले लिम्बु भाषा, धर्म, लिपि, संस्कार, संस्कृति र राजनीति आन्दोलनमा देखिएको अन्यौलतालाई प्रष्ट पार्दै अघि बढ्न जरुरी रहेको औल्लाए । उनिहरुले जति–जति अन्यौलता र बिबाद उत्पन्न हुन्छ, त्यति–त्यति लिम्बु समुदायबीचमा हिन्दु धर्म र मानसिकताले खेलवाड गर्न पाउने भएकोले सजगता उपनाउनु पर्ने बेला आएकोमा जोड दिए ।

कार्यक्रममा पूर्ण नेम्बाङ (शलिन) ले लिम्बु जन्य युबाहरु बिभिन्न क्षेत्रमा रहेर प्रतिस्पर्धा गरेपनि भाषा, लिपी, धर्म र साँस्कृतिका पक्षमा एकता हुनुपर्नेमा जोड दिए । लिम्बु मुन्धुमी भाषाका गायक यादन शेर्माले एकता र सहकार्यले मात्र लिम्बुको धार्मीक तथा साँस्कृतिक पक्ष बलियो र मजबुद हुने बताए । उनले कार्यक्रममा मुन्धुमी गीतहरु गाएर सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

आदिवासी जनजाति महासंघ शिबसताक्षी–१ का अध्यक्ष समेत रहेको शिबसताक्षीका युबा नेता नेत्र नेम्बाङले लिम्बु भाषा, धर्म र लिपीको बिषयमा उत्पन्न बिबादलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले राजनिति आस्था फरक–परक भएपनि लिम्बु जातिहरुमा साँस्कृतिक एकताको निम्ति एक जुट हुनुपर्ने बताए ।

कार्यक्रममा याक्थुम युबा मञ्चलाई स्थापना कालदेखी बिभिन्न क्षेत्रबाट महत्वपुर्ण योगदान गर्नुहुने दमकस्थित रिफ स्टुडियोको सञ्चालक टंक लिम्बु, शिबसताक्षी–दुधेकी सामाजिक अगुवा प्रवित्रा सेनेहाङ र लिम्बु समुदायका युवा अगुवा राज लाबुङलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि किरात धर्म साहित्य उत्थान संघ झापाका अध्यक्ष शिबकुमार योङ्याले सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा याक्थुम युबा मञ्चका केन्द्रीय सदस्य राज लाबुङ, लिम्बु बिद्यार्थी मञ्चका कोषाध्यक्ष बिक्रम शेर्मा, शिबसताक्षी नगरका युबा नेता एबम् सतासीधाम सामुदायीक प्रहरीका महासचिव सन्त फेबादेन लगायतले मन्तव्य राखेका थिए ।

झापाको दुधेमा यले तङबे ५०७८ सालको चासोक तङनामको अवसरमा बृहत सांस्कृतिक एबम संगीतिक कार्यक्रम हुदैछ । आज पुष ६ गते देखि सुरु भइ ७ गते सम्पन्न हुदैछ । आज च्याब्रुङ प्रतियोगिता हुदैछ । आदिबासी जनजाति भवनमा किरात याक्थुंङ चुम्लुङ र याक्थुङ नालिफुङवा चुम्बो शिवसताक्षीले कार्यक्रमको आयोजना गरिएको हो ।


अर्जुन नुगोको प्रमुख आथित्यमा हुने कार्यक्रममा गायिका मनु नेम्बाङ, गायक ताराप्रकाश लिम्बु, गायक राज लाबुङ, बाल प्रतिभा माङ्गेना कुरुम्बाङलगायतको प्रस्तुति आयोजक समितिका विक्रम शेर्माले जनाएका छन् ।


किरात याक्थुङ चुम्लुङ कन्काई नगरपालिका ७ दुर्गापुरले आज साँस्कृतिक कार्यक्रम गर्दैछ । चुम्लुङ प्रदेशका मुख्य सचिव मधु केरुङले सम्बोधन गरिने कार्यक्रममा गायक एकान्त आङ्देम्बे, गायिका सबिना योङहाङ, गायिका विमला राईले सांगीतिक माहोल तताउँदैछन् ।
विदेश
किरात याक्थुङ चुम्लुङ साइप्रसले मौलिक पर्व चासोक तङ्नाम पुस २२ गते (जनवरी ६) मनाउने भएको छ ।
‘नेपाली भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔं’ भन्ने मूल नाराका स्थापित चुम्लुङ साइप्रसले पहिलो पटक पर्व मनाउन लागेको हो । मौलिक भेषभुषा, संस्कार र संस्कृति झल्कने केःलाङ, याःलाङसहितको साँस्कृतिक कार्यक्रम हुने भएको छ । शुभकामना आदानप्रदान गर्दै नेपाली भेटघाट रेष्टुरेन्ट लिमासोलमा कार्यक्रम हुदैछ ।
क्यानाडाको क्यालगरीबासी नेपालीहरुले चासोक तङ्नामको अवसरमा कला संस्कृति झल्किने विभिन्न कार्यक्रमहरु गरि मनाइने भएको छ । डिसेम्बर २१ (पुस ६ गते) किरात याक्थुङ्ग चुम्लुङ्ग क्यानाडाले आफनो भाषा, कला, धर्म र संस्कृतिको संरक्षण तथा सम्बद्धर््न गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको हो ।

क्यालगरीको नर्थइस्ट स्थित टेम्पल कम्युनिटी हलमा आयोजना हुने कार्यक्रममा अलबर्टाका प्रमुख शहरहरु एडमण्टन, लेथव्रिज, मेडिसिनहेटबाट सहभागी हुने संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्र लिम्बुले बताएका छन् । उनका अनुसार मौलिक पोशाक तथा गरगहना, दैनिक उपभोग्य सामान, मौलिक अन्नवालीको परिकार लगायत प्रदर्शन गरिने छ । किरात एशोशिएसन अफ लेथव्रिजका कलाकारहरुले माङ्गलाङ्ग नाच, साकेला नाच, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा विभिन्न खेलकुद्को कार्यक्रम समेत रहेको जनाएका छन ।
यसैगरी अमेरिका, बेलायत, कतार, दुबै, जापान, इजरायललगायत देशमा पनि धुमधाम मनाइन्दैछ ।
के हो चासोक
पुष ७ गते धुमधाम साथमा प्रकृतिपुजक जनजातिहरुले नयाँ बाली पाकेपछि भित्राएको बालीलाई सर्वप्रथम इस्ट देवता र पितृहरुलाई आह्वान गरी पाकेको अन्न चढाइन्छ र देवतासँग अनुमति मागेर मात्र नयाँ अन्न खाने गरिन्छ । लिम्बू समुदायले चासोक तङ्नामलाई लिम्बूवानमा घरलौरी हरेक वर्ष धुमधाम साथ मनाउँदै आएको पाइन्छ । मौलिक चाडलाई दश लिम्बुवान सत्र थुममा पुजाको सामग्री तयार पारी लिम्बू मुन्धुम अनुसार गरिन्छ । घर बाहिरी र भित्री छुट्टाछुट्टै गरिने पुजा मुन्धुम जान्ने जस्ले पनि गर्न सक्छ।
नयाँ अन्न (कोदो, धान, मकै आदि) को वाला टिपी र घरमा भित्राइन्छ । धानको हकमा धानलाई हाँडीमा भुटेर ओखलीमा कुटेर च्यूरा बनाइन्छ र अक्षता धानलाई नङले छडाएर निर्माण गरिन्छ । कोदोको हकमा जाँड साम्तोक बनाइन्छ । मालिङ्गोवा, निगालो, ढुङ्गा, तोङ्वा, पिचिङ (पाइप), केराको पात, पानी, फलफुल, धुप (तीतेपाती, धुपी, सालधुप), भेटी, फुङ्सारी (कलश), दियो, याबो (मेनाम) जस्ता पुजा सामग्री पुजाका लागि अपरिहार्य रहन्छ । पुजा गर्ने स्थलमा जमिन खनेर केही अग्लो बनाएर सुल्टो पारेर केराका पात ओछ्याएर लासो (पुजाथान) बनाइन्छ । र माङ्देम्बा, फेदाङ्मा देवारीले पुजा सम्पन्न गराउँदछन् । साँझपख गरिने पुजामा फेदाङ्माले अन्न अक्षता चुल्होमा चढाउँछन् र याबोहरु परिवारका सदस्यहरुलाई आशीर्वादका साथ फिर्ता दिइन्छ । याबो (पहिरन कपडा) परिवारका सदस्यहरुका टाउकोमा केहि समय बाध्ने चलन छ । र पुजाका प्रसाद वितरणपछि रात्री भोजन लिने चलन छ ।
भोलिपल्ट इस्टहरूलाई पुजाको प्रसाद दिने दिइन्छ ।
चासोक थिसोकमा सिकुइकुदाप (ताफेम्बा वा ताम्मुङ्ना), तक सङ्वा सिरिङ्मा वा मुदेन हाङ्मा, तेन्छामालाई पुजिन्छ । त्यस्तै खञ्जमा वा खजमा, वजमा, दरकपा या वरक्मा, काप्योबा हिमसाम्माङ काशीहाङ्मा, युमासाम्माङ थवासाम्माङ थुङ्दाङ्वा, सिवेर याक्थुङग्रेक्मा देवीदेवतालाई पनि पुजिने गरिन्छ । श्रद्धापूर्वक मानिने हाम्रो चासोक तङ्नाम सर्वप्रथम लिम्बूहरुको समाजिक संस्था किरात याक्थुङ् चुम्लुङले २०५१ सालदेखि सामुहिक रुपमा मनाउन सुरु गरेको पाइन्छ । पूर्वाञ्चलमा मात्र ३ लाख ६५ हजार ५ सय ६३ जना (राष्ट्रिय जनगणना २०६८) लिम्बूहरु रहेको तथ्याङ्क छ ।
अब यस चाडलाई उल्लासपूर्व मनाइन्छ । सहिष्णुताको भावले अन्य समुदायहरूलाई
मनाउने चलन बढवा दिए अझ लोकप्रिय चाड हुनेमा दुईमत हँुदैन । मंसिर पूर्णसम्म मनाइने त्रयोदशीदेखि ३ दिन पर्वलाई मनाउनुपर्छ । तङ्नामका अवसरमा तङ्सिङ तक्मा
गरेमा, अन्य प्रचारात्मक कार्य, इस्टमित्र भेटघाट गरेमा हाम्रो सँस्कृति संरक्षणमा
ठूलो टेवा मिल्छ । चासोक तङ्नामलाई राईले ‘साकेवा’÷‘साकेला’, याक्खाले
‘चासुवा’ र सुनुवारले ‘फोलषाँदर’ नामले किरात चाड परम्परादेखि मनाउँदै आएका
छन् । विगतमा धर्मले राजनीतिकरण गरेकोले किरात चाड दोस्रो दर्जाका चाडको
रुपमा विभेदमा प¥यो । त्यो अवस्था व्यवहारमा बदल्न राज्यले विभेदरहित नीति अपनाइ
व्यवहारमा लागू गर्न जरुरी छ ।

सम्बन्धित खवर