चासोकको चर्चा - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

चासोकको चर्चा

 

फिपराज बेघा

पुष ७ गते धुमधाम साथमा प्रकृतिपुजक जनजातिहरुले नयाँ बाली पाकेपछि भित्राएको बालीलाई सर्वप्रथम इस्ट देवता र पितृहरुलाई आह्वान गरी पाकेको अन्न चढाइन्छ र देवतासँग अनुमति मागेर मात्र नयाँ अन्न खाने गरिन्छ । लिम्बू समुदायले चासोक तङ्नामलाई लिम्बूवानमा घरलौरी हरेक वर्ष धुमधाम साथ मनाउँदै आएको पाइन्छ । मौलिक चाडलाई दश लिम्बुवान सत्र थुममा पुजाको सामग्री तयार पारी लिम्बू मुन्धुम अनुसार गरिन्छ । घर बाहिरी र भित्री छुट्टाछुट्टै गरिने पुजा मुन्धुम जान्ने जस्ले पनि गर्न सक्छ।
नयाँ अन्न (कोदो, धान, मकै आदि) को वाला टिपी र घरमा भित्राइन्छ । धानको हकमा धानलाई हाँडीमा भुटेर ओखलीमा कुटेर च्यूरा बनाइन्छ र अक्षता धानलाई नङले छडाएर निर्माण गरिन्छ । कोदोको हकमा जाँड साम्तोक बनाइन्छ । मालिङ्गोवा, निगालो, ढुङ्गा, तोङ्वा, पिचिङ (पाइप), केराको पात, पानी, फलफुल, धुप (तीतेपाती, धुपी, सालधुप), भेटी, फुङ्सारी (कलश), दियो, याबो (मेनाम) जस्ता पुजा सामग्री पुजाका लागि अपरिहार्य रहन्छ । पुजा गर्ने स्थलमा जमिन खनेर केही अग्लो बनाएर सुल्टो पारेर केराका पात ओछ्याएर लासो (पुजाथान) बनाइन्छ । र माङ्देम्बा, फेदाङ्मा देवारीले पुजा सम्पन्न गराउँदछन् । साँझपख गरिने पुजामा फेदाङ्माले अन्न अक्षता चुल्होमा चढाउँछन् र याबोहरु परिवारका सदस्यहरुलाई आशीर्वादका साथ फिर्ता दिइन्छ । याबो (पहिरन कपडा) परिवारका सदस्यहरुका टाउकोमा केहि समय बाध्ने चलन छ । र पुजाका प्रसाद वितरणपछि रात्री भोजन लिने चलन छ ।
भोलिपल्ट इस्टहरूलाई पुजाको प्रसाद दिने दिइन्छ ।
चासोक थिसोकमा सिकुइकुदाप (ताफेम्बा वा ताम्मुङ्ना), तक सङ्वा सिरिङ्मा वा मुदेन हाङ्मा, तेन्छामालाई पुजिन्छ । त्यस्तै खञ्जमा वा खजमा, वजमा, दरकपा या वरक्मा, काप्योबा हिमसाम्माङ काशीहाङ्मा, युमासाम्माङ थवासाम्माङ थुङ्दाङ्वा, सिवेर याक्थुङग्रेक्मा देवीदेवतालाई पनि पुजिने गरिन्छ । श्रद्धापूर्वक मानिने हाम्रो चासोक तङ्नाम सर्वप्रथम लिम्बूहरुको समाजिक संस्था किरात याक्थुङ् चुम्लुङले २०५१ सालदेखि सामुहिक रुपमा मनाउन सुरु गरेको पाइन्छ । पूर्वाञ्चलमा मात्र ३ लाख ६५ हजार ५ सय ६३ जना (राष्ट्रिय जनगणना २०६८) लिम्बूहरु रहेको तथ्याङ्क छ ।
अब यस चाडलाई उल्लासपूर्व मनाइन्छ । सहिष्णुताको भावले अन्य समुदायहरूलाई मनाउने चलन बढवा दिए अझ लोकप्रिय चाड हुनेमा दुईमत हँुदैन । मंसिर पूर्णसम्म मनाइने त्रयोदशीदेखि ३ दिन पर्वलाई मनाउनुपर्छ । तङ्नामका अवसरमा तङ्सिङ तक्मा
गरेमा, अन्य प्रचारात्मक कार्य, इस्टमित्र भेटघाट गरेमा हाम्रो सँस्कृति संरक्षणमा ठूलो टेवा मिल्छ । चासोक तङ्नामलाई राईले ‘साकेवा’÷‘साकेला’, याक्खाले ‘चासुवा’ र सुनुवारले ‘फोलषाँदर’ नामले किरात चाड परम्परादेखि मनाउँदै आएका छन् । विगतमा धर्मले राजनीतिकरण गरेकोले किरात चाड दोस्रो दर्जाका चाडको रुपमा विभेदमा प¥यो । त्यो अवस्था व्यवहारमा बदल्न राज्यले विभेदरहित नीति अपनाइ व्यवहारमा लागू गर्न जरुरी छ ।

सम्बन्धित खवर