विव्यस खारेज हुदै - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

विव्यस खारेज हुदै

साइनो समचारदाता
काठमाडौं । उच्चस्तरीय राष्टिय शिक्षा आयोगले विद्यालय व्यवस्थापन समिति (विव्यस) खारेज गर्ने तयारी तयारी गदैछ । आयोगले विव्यसलाई खारेज गरी विद्यालय सहयोग समिति गठन गर्ने प्रस्ताव सहित प्रतिवेदनको मस्यौदा तयार गरेको छ ।

आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनु अघि आयोगले बिहीबार गरेको राष्ट्रिय सम्मेलनमा वितरित प्रतिवेदनको मस्यौदामा विव्यस खारेज गरी सात सदस्यीय विद्यालय सहयोग समिति गठन गर्ने प्रस्ताव गरिएको छ । सहयोग समितिमार्फत् विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्यालयमा सामुहिक कार्य कार्य सम्पादनको स्वायत्तता, आर्थिक पार्दशिता, साझेदारी अभिभावकहरुसँग निरन्तर सम्वाद र अन्तक्र्रिया गर्ने व्यवस्था गर्ने मस्यौदा प्रतिवेदनमा उल्लेख छ । विद्यालय व्यवस्थापनमा नाथरिक सरोकार तथा दवाव समूहलाई मान्यता दिने साथै, संस्थागत विद्यालयहरुलाई सेवामूलक बनाउनकालागि बोर्ड अफ ट्रष्टि गठन गर्ने व्यवस्था गर्ने प्रस्ताव मस्यौदा प्रतिवेदनमा गरिएको छ ।

सम्बन्धित खवर