क्यानडामा चासोकको तयारी - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

क्यानडामा चासोकको तयारी

साइनो समचारदाता
क्यानाडा । क्यानाडाको क्यालगरीबासी नेपालीहरुले चासोक तङ्नामको अवसरमा कला संस्कृति झल्किने विभिन्न कार्यक्रमहरु गरि मनाइने भएको छ ।


डिसेम्बर २१ (पुस ६ गते) किरात याक्थुङ्ग चुम्लुङ्ग क्यानाडाले आफनो भाषा, कला, धर्म र संस्कृतिको संरक्षण तथा सम्बद्धर््न गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको हो । क्यालगरीको नर्थइस्ट स्थित टेम्पल कम्युनिटी हलमा आयोजना हुने कार्यक्रममा अलबर्टाका प्रमुख शहरहरु एडमण्टन, लेथव्रिज, मेडिसिनहेटबाट सहभागी हुने संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्र लिम्बुले बताएका छन् । उनका अनुसार मौलिक पोशाक तथा गरगहना, दैनिक उपभोग्य सामान, मौलिक अन्नवालीको परिकार लगायत प्रदर्शन गरिने छ । किरात एशोशिएसन अफ लेथव्रिजका कलाकारहरुले माङ्गलाङ्ग नाच, साकेला नाच, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा विभिन्न खेलकुद्को कार्यक्रम समेत रहेको जनाएका छन ।

सम्बन्धित खवर