प्रदेशस्तरीय तेक्वान्दो डोजाङ प्रतियोगिता - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

प्रदेशस्तरीय तेक्वान्दो डोजाङ प्रतियोगिता

साइनो समचारदाता
बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा पौष ६ र ७ गते प्रदेश १ स्तरीय तेक्वान्दो डोजाङ प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगितामा प्रथम हुनलेलाई ५० हजार दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई ११ हजार नगद पुरस्कार समेत प्रदान गरिने प्रतियोगिता आयोजक समितिका अध्यक्ष कमल गुरुङले जानकारी दिएका छन । गुरुङका अनुसार प्रतियोगितामा प्रदेश १ का १० वटा टिमहरु सहभागी हुने र करिब ७ लाख २० हजार खर्च हुने अनुमान गरिएको छ ।
बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले शुक्रबार उदघाट्न र शनिबार मोरङ क्षेत्र नम्बर ३ का प्रदेशसभा सांसद राजकुमार ओझाले समापन गर्ने कार्यक्रम तय भएको गुरुङले बताएका छन ।

सम्बन्धित खवर