एकै परिवारका पाँच सन्तान अपांङ्गता तुलसीराम भन्छन्, ‘सरकारले केहि सहयोग गरेन्’ (भिडियो सहित) - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

एकै परिवारका पाँच सन्तान अपांङ्गता तुलसीराम भन्छन्, ‘सरकारले केहि सहयोग गरेन्’ (भिडियो सहित)

साइनो समचारदाता
पथरी । मोरङको इटहरा ७ सिक्किमे टोल मोरङका तुलसी र सृजना ढुंगानाको पाँच सन्तान छन् । दुई छोरा र तीन छोरीहरु, अरू केटाकेटी जस्तो सामान्य देखिएन, ५ जना नै अपाङ्गता देखिए । त्यसपछि उनीहरू भविष्यको सुखद् कल्पनाभन्दा पनि आफ्ना सन्तानको अवस्थादेखि चिन्तित भए । तुलसी र सृजना ढुंगाना दम्पतीका सात सन्तानमध्ये दुई सपाङ्ग भए पनि ५ जना भने मानसिक र शारीरिक रूपमा अपाङ्गता छन् । सुस्त मनस्थिति अपाङ्गत भएकी ३३ वर्षीया निर्मला, ३२ वर्षिय निर्मल, २८ वर्षिय उमेश, १९ वर्षीया पवित्रा र १७ वर्षीया गोमा रहेका छन् ।


हातखुट्टा राम्रोसँग चलाउन नसक्ने, बोल्न र सोच्न नसक्ने सन्तान भएपछि भविष्यको सुख हैन्, दैनिक हातमुख जोह गर्न समेत समस्या छ । ५ सन्तानको हेरचाहमा दिनहरू बताउछन दम्पत्ती । दम्पत्ती ढुंगाना आफै वृद्ध अवस्थाका छन्, त्यस्मा पनि चञ्चले युवा अवस्थाका अपाङगता छोरा छोरी छन ।

तुलसीराम ढुङ्गानाको आम्दानीको स्रोत डेढ बिघा जमिन मात्र हो । छोराछोरी अपाङ्ग भएपछि सघाउने नहुँदा उनले भएको खेत अधिया लगाएका छन् । अधियाबाट आएको धानले वर्षभरि परिवारलाई खान पुग्दैन, किनेर खानुपर्ने अवस्था छ । आम्दानीको स्रोत अरू छैन ।
खुवाउनेदेखि दिसापिसाब समेत अरूको सहाराले गराउनुपर्ने हुन्छ । उनीहरूले आफैं निश्चित ठाउँमा केही गर्दैनन् । दिनभरि उनीहरूको गोठालो लाग्नुपर्ने अवस्थाको कारण आफू पनि अन्त काम गर्न जान नसक्ने अवस्थामा रहेकी सृजना बताउँछिन् । सरकारले कुनै राहत दिए दैनिकी चलाउन सजिलो हुने आशामा उनी रहेकी छन् । सृजना तुलसीकी कान्छी श्रीमती हुन् । जेठी आफ्नै दिदीबाट पनि जन्मिएका दुई सन्तान अपाङग जन्मिए । दिदीको मृत्युपछि मेरो विवाह भएको हो । तर आफूबाट जन्मेका पाँचमध्ये तीन सन्तान अपाङग जन्मिएको उनले बताइन् ।
सरकारले अहिले सम्म केहि सहयोग नगरेको तुलसीराम ढुङ्गाना बताउँछन् । संचारकर्मीसंगको गफगाफमा तुलसीराम गुनासो गर्दै थिए, ‘चुनावमा भोट माग्न आएका नेता कता हराए पतै भएन, बर्षै पिच्छे अपाङ्ता दिवस मनाउँछन रे खै हाम्रा त अपाङता होइन रहेछन् कि क्या हो ।’

सम्बन्धित खवर