कानेपोखरी गाँउपालिकामा न्यानो कम्वल वितरण - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

कानेपोखरी गाँउपालिकामा न्यानो कम्वल वितरण

मोरङको कानेपोखरी गाँउपालिका वडा नम्वर ३ मा बुधवार न्यानो सिरक वितरण गरिएको छ । न्यानो सिरक वितरण कार्यक्रम अभियान अन्र्तगत आर्थीक रुपमा गरिब तथा अति विपन्न्न चौधरी समुदायमा न्यायो सिरक बितरण गरिएको छ । जाडोको समयमा न्यानो प्रदान गर्ने उद्देश्यका साथमा वडा नम्वर २ र ३ का १६० घरपरिवारलाई सिरक वितरण गरिएको हो ।
कानेपोखरी गाँउपालिकाको वडा नम्वर ३ मा रहेको काली मन्दिरको प्राङणमा आयोजना गरिएको सो कार्यक्रममा वडा नम्वर ३ का १३० घरपरिवार र वडा नम्वर २ का ३० घरपरिवारलाई बितरण गरिएको छ । समितीले १ लाख ५० हजार मुल्य वरावरको २५० थान सिरक वितरण गर्ने कार्यक्रम संयोजक विवेक लिम्वुले बताएका छन् ।


लिम्वुको संयोजकत्वमा न्यानो सिरक वितरण अभियानको थालनी गत कात्र्तिकमा केहि सुभचिन्तक हरुको सहयोगमा ४५ हजार रुपैयाको कोष वनाएर अभियानको थालनीले सो कोषमा देश तथा विदेशमा रहेका नेपाली हरुको सहयोगमा १ लाख ४२ हजार रुपैया बरावरको कोष खडा गरि सो कार्यक्रमको आयोजना गरेको बताए ।
सहयोगी मन भेटे वडा नम्वर ४,५,६ र ७ का अति गरिव तथा सिमान्तकृत वर्गका समुदायमा समेत वितरण गरिने योजना रहेको समितीले बताएको छ ।


कार्यक्रमका प्रमुख अतिथी मोरङ जिल्ला प्रमुख रमेश केसीले न्यानो सिरक वितरण गर्दै सरकारको जति दाइत्व छ देशका जनताको पनि उतिनै उत्वरदाईत्व रहन्छ भन्दै जनताले चाहेको हरेक कार्यमा सरकारको सहयोग रहने बताउनु भयो ।

कार्यक्रममा वडा नम्वर ३ का वडाध्यक्ष किर्तिमान मादेन ,मोरङ प्रहरीका एस.पि मनोज केसी, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाई, स्थानिय राजनैतिक दलका प्रमुखहरु र समाजसेवी लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर