स्वास्थ्य विमा लागू - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

स्वास्थ्य विमा लागू


साइनो समचारदाता
लेटाङ । सुखी नेपाल समृद्र नेपाल अन्तरगत नेपालका ४६ औं स्थानमा लागू भएको स्वास्थ बिमा कार्यक्रम मोरङमा पनि लागू हुने भएको छ । बिमा कार्यक्रम अन्तरगत स्वास्थ बिमा बोर्डले मोरङको लेटाङ नगरपालिकामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
‘तपाईको स्वास्थ हाम्रो अठोट’ भन्ने मूल नाराका साथ लागू भएको बिमा कार्यक्रम यहि आर्थिक बर्षमा नेपाल भरि पु¥याउने लक्ष्य लिएको छ । ४७ औं स्थान रुपमा मोरङमा लागू हुन लागेको बिमामा अति बिपन्न परिवारको बिमा भने सरकारले गर्ने सहजकर्ता खगराज पोख्रेलले बताए । सरकारले जनताको हितमा अघि सारेको बिमा अन्तरगत २५ सय जम्मा गर्दा ५ जनाको एक परिवारले ५० हजार बराबरको स्वास्थ बिमा पाउने छन । विमा जनताको हितमा रहेकाले नगरका सबै नगरबासीलाई विमा कार्यक्रममा सामेल हुन कार्यक्रमकी अध्यक्ष तथा लेटाङ नगरपालिकाकी उपमेयर कृष्ण कुमारी निरौलाले अनुरोध गरिन् । नगर भित्र धेरै बिपन्न वर्ग रहेकाले सरकारले ल्याएको बिमा कार्यक्रमले नगरबासीमा लाभदायक हुने स्वास्थ संयोजक महेन्द्र चौधरीले बताए ।

सम्बन्धित खवर