सेवाग्राहीलाई अभद्र व्यवहार, नगरपालिकाका इन्जिनियरप्रति जनगुनासो बढ्दो - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

सेवाग्राहीलाई अभद्र व्यवहार, नगरपालिकाका इन्जिनियरप्रति जनगुनासो बढ्दो

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका इन्जिनियर अरुण क्षेत्रीले सेवाग्राहीलाई अभद्र व्यवहार गरेका छन् ।
सोमबार क्षेत्रीको विरुद्धमा निबेदन दिन आएकी फुलमाया विकको निबेदन क्षेत्रीले च्यात्न लगाएका थिए । निवेदन च्यातेपछि उजुरी दिन पाएनन् । क्षेत्रीले २०७२ सालमा घर नक्सा बनाईदिन्छु भनेर ५ हजार लिएको र नगरपालिकामा ६ हजारको रसिद काटेको तर हलसम्म पनि नगरि दिएकाले आफू नगर प्रमुख दिलिपकुमार राईसंग पुग्नु परेको फुलमाया बिकले बताइन् । नगर प्रमुख राईले सल्लाहअनुसार लिखित निबेदन पेश गर्न खोज्दा इन्जिनियर क्षेत्रीले आएर निबेदन च्यादै पौष ५ गते सम्ममा घर नक्सा सम्पन्न गर्ने बाचा गरेको पीडितले बताएका छन । इन्जिनियर क्षेत्रीले कहिले जग्गा पुगेन ? सरकारी अमिनी लगाउनु पर्छ, जग्गा कोल्टे छ भन्दै बिभिन्न बहाना बनाएर पैसा खर्च गराउने गरेको बिकका श्रीमान जितबहादुर बिश्वकर्माले बताए । पथरीशनिश्चरे ७ लामा टोलमा रहेको ६ धुरमा घर निमाण गर्न क्षेत्रीलाई ३ बर्षदेखि धाइरहेको बिकको भनाई छ ।


यता इन्जिनियर क्षेत्रीले भने आफूलाई फसाउन झुटो आरोप लगाएको बताए । आफूले कन्सलटेन्सी संचालन गर्दा घर निर्माणको काम जिम्मा लिएको र अहिले नगरपालिकाको कर्मचारी भएकाले अर्को कन्सलटेन्सीमार्फत् गर्नु पर्ने, त्यसमा पनि प्रमुख प्रसासकीय अधिकृत बिदामा हुनु भएकाले ५ गते काम सम्पन्न गर्ने सहमति भएको बताए ।
इन्जिनियर क्षेत्रीबाट दुःख पाएको भन्दै फुलमाया बिक आउनु भएको हुनाले लिखित निबेदन सहित आउनु भनेको तर उहाँ पुनः नआएको नगर प्रमुख राईले जनाए । केहि दिन अघि पथरीशनिश्चरे नगरपालिकामा विशेष गरेर विकास निर्माण र घर नक्सा पासमा सबै प्रकृया पूरा भएका फाईल पनि अड्किने गरेको जनगुनासो बढेको छ ।

सम्बन्धित खवर