लोक सेवाको लागि अभिमुखिकरण कार्यक्रम - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

लोक सेवाको लागि अभिमुखिकरण कार्यक्रम

साइनो समचारदाता
ललितपुर । याक्थुङ युवा मञ्च र किरात याक्थुङ चुम्लुङको संयुक्त आयोजनामा लोक सेवा तयारी सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम ललितपुर चुम्लुङ् हिममा सम्पन्न भएको छ ।
प्रशिक्षक(सहजर्कता)को रुपमा निजामती सेवा तर्फ गृहमन्त्रालयको उपसचिव गोमादेवी चेम्जोङ, पूर्व सिडियो (सहसचिव) प्रेमचन्द्र खापुङ, शाखा अधिकृत विशाल नेम्बाङले प्रशिक्षण दिइएको थियो भने नेपाली सेना तर्फ उपरथी होमित लावती र नेपाल प्रहरी तर्फ एसपी चन्द्रकुवेर खापुङले प्रशिक्षण दिए । स्रोत व्यक्तिहरुले सेवा प्रवेशको प्रक्रिया, सेवा, सुविधा बारे जानकारी गराएर अनुभव सुनाउँदै उत्पे्ररणा प्रदान गरेका थिए ।
राज्य संयन्त्रमा आदिवासी लिम्बू समुदायको युवाहरुको पहुँच अभिवृद्धिको लागि लोक सेवा तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रममा ४९ जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर