कविता: बहिनी - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

कविता: बहिनी

टिकाराम कुलुङ राई

यदि तिमीलाई
समिपबाट नियाल्ने
अवशर प्राप्त भएको भए
क्यान्भाषमा
मोनालिशाको तस्बिर होइन
लियोनादोदा भिन्चिको हातको कुचीले
तिम्रो सोन्द्रोयाताको बयान पुर्नरुपमा गर्थ्यो
तिम्रो तस्बिर कोरी न्याय गर्थ्यो
त्यति राम्री छौ तिमी
स्वर्गकी परी भन्दा पनि सुन्दरी
यसैले तिमी
आफुलाई कदापि कुरुप नसम्झ है बहिनी २

तिमी भित्र यस्तो क्षमताछ
तिमी भित्र यति प्रतिभाछ
त्यो औलीएको फुललाइ पनि
पुर्न जिवित गर्न सक्छौ
मृत्युुलाई जितेर फुलरुपीजिवन
बागमा फुलाउन सक्छौ
यति प्रतिभा र क्षमताको धनी
यसैल्रे तिमी
आफुलाई कदापि क्षमताहिन र दरिद्र नसम्झ है बहिनी 2

तिमी भित्र यति शत्तिछ
चाहौ भने
दिदी पासाङ्ग ल्होमु सेर्पा झै
बिस्वको उच्छ शिखर
सगरमाथा
आरोह अबोरह गर्न सक्छौ
एकपटक होइन हजार पटक
सिङ्गो आकास खस्दा पनि
तिमी माथी
भार थाम्ने क्षमता भएको नारी तिमी
जाबो सुक्ष्म पत्थर पर्दा
किन डराउछौ?
किन बिचलित हुन्छौ?
मेरी बहादुरी बहिनी
साहास गुटाउ धेरै बाच्नुछ
इतिहास रचनुछ
किनकी
यो ब्रह्माण्डको प्रथिस्टित हुन योग्य ब्याक्ती तिमी
सबैले आशा गरेको मान्छे तिमी
सबैले भरोसा गरेको मान्छे तिमी
यो देशको असल नागरिक तिमी
समयले चाहेको मान्छे तिमी
निराश नहुनु
हाम्रो भरोसा नटोर्नु है मेरो प्यारी बहिनी

पथरीशनिश्चरे, मोरङ

सम्बन्धित खवर