गोरु काटेका १० जनालाई निःशर्त रिहाई गर्न माग - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

गोरु काटेका १० जनालाई निःशर्त रिहाई गर्न माग

साइनो समचारदाता
धरान । सांस्कृतिक अधिकार संरक्षण समितिले गोरु काटेको निहुमा १० जनालाई प्रक्रिएको भन्दै निःशर्त रिहाइ गर्न माग गरिएको छ ।
शनिवार विज्ञप्ती जारी गर्दै समितिका संयोजक सुभास हुक्पा चोङबाङले समितिको विनम्र अनुरोधलाई कमजोरी ठानिएमा यसबाट उत्पन्न हुन जाने समस्याप्रति प्रहरी प्रशासन स्वयम् जिम्मेवार हुने धम्की दिएको छ । ‘हाम्रो विनम्र अनुरोधलाई कमजोरी ठानिएमा यसबाट उत्पन्न हुन जाने समस्याप्रति प्रहरी प्रशासन स्वयम् जिम्मेवार हुने जानकारी गराउँछौ ।’ विज्ञप्तीमा भनिएको छ । ‘पक्राउ परेकाहरुलाई बिनाशर्त तत्काल रिहाइ नगरिए थप सङ्घर्षका कार्यक्रमहरु घोषणा गरिने जानकारी गराउँछौ ।’ नेपालको संविधानको भाग १ (४) मा व्यवस्था भएको ‘धर्म निरपेक्ष, समावेशी, लोकतान्त्रिक राज्य’ को भावनाविरुद्ध हुनेगरी गोरु काटेको विषयलाई ‘मुद्दा’ को रुप दिइकोमा समितिको आपत्ति छ । संविधानअनुसार देश ‘लोकतान्त्रिक गणतन्त्रात्मक’ मुलुक भए पनि प्रहरी प्रशासनले संविधानको भावना विपरित हुनेगरी गोरु काटेको विषय मुद्दा बनाएकोमा भत्र्सना गर्दै प्रहरी प्रशासनको गतिविधि नेपालको संविधानको मूल मर्म र भावना विपरित भएको भन्दै विज्ञप्तीमा उल्लेख छ, ‘नेपालको संविधान भाग १ (१) को (१) मा गरिएको व्यवस्था ‘यो संविधान नेपालको मूल कानुन हो । यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ ।’ भन्ने स्पष्ट हुँदाहुँदै पनि मुलुकी ऐनको बुँदालाई आधार बनाएर प्रहरीले गरेको दमनप्रति घोर विरोध गर्दछौं ।’
मंसिर २८ गते धरान—१७ सुनसरीबाट इलाका प्रहरी कार्यालय धरानले १० जनालाई प्रक्राउ गरेका थियो । प्रहरीले शुक्रवार विहान धरान वडा १७ स्थित लोसे भन्ने स्थानमा गोरु काटिरहेको भन्दै १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धरान–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरी अनुसार उनिहरु लाई म्याद थप गरि अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।

सम्बन्धित खवर