अनुपको अपेक्षा - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

अनुपको अपेक्षा

साइनो समचारदाता
काठमाडौं । कलाकार अनुप विक्रम शाही नेगेटिभ रोलमा पर्दामा देखिने गरेका छन् । दर्शकले सोही अनुसार फिट हुने कलाकारको रुपमा चिन्छन् । तर अब भने दर्शकले ‘पुरानो बुलेट’मार्फत् नायकको रुपमा देख्नेछन् । चलचित्रमा निकै मेहनत गरेकाले पनि उनले आफूलाई निकै खारेका छन् । उनले दुरुस्तै अभिनय गरेका छन् । निर्देशक भीषण राई भन्छन्,‘अनुपलाई बुझाउन धेरै समय लाग्दैन, उनी तुरुन्त टिप्न सक्छन् ।’ फिल्म पुरानो बुलेटको डबिङमा भेटिएका उनी आफ्नो चलचित्र पुरानो बुलेटका लागि निकै आशावादी रहेको बताए । भन्छन्,‘मैले आफ्नो महत्वपूर्ण समय यस चलचित्रलाई छुट्याएको छु ।
चलचित्रमा अनुप विक्रम संगै वर्षा शिवाकोटी, माला लिम्वु, कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, वारत लिम्वु, शिरोमणि दवाढी, बादल श्रेष्ठ, करण धिताल, लक्षणा राई, मातृका पौडेल, सन्तोष राई, हिमाल राई, गोपाल काफ्ले, हिमाल राई, प्रदिप फुयांल, शम्भु गहतराज लगायतको अभिनय रहेको छ । फिल्ममा कथा निर्देशक भीषण राई र सन्तोष राईको संयुक्त रहेको छ । भीषणको निर्देशन रहने फिल्म क्रेजी इनटरटेन्टमेन्ट प्रालिको ब्यानरमा निर्माता अशोक कुमार राई, टिकाराम राई, विरेन सांवा र दिपेन लिम्वु रहेका छन् । यसको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।
फिल्म चैत्र १ गते अल नेपाल रिलिज हुनेछ ।

सम्बन्धित खवर