प्रमुख खड्ग फागोद्वारा धिमाल ग्रामथान शिलन्यास - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

प्रमुख खड्ग फागोद्वारा धिमाल ग्रामथान शिलन्यास


साइनो समचारदाता
उर्लाबारी । धिमाल जाति विकास केन्द्र, भुसी गाउँ टोल समिति उर्लाबारी २ मोरङमा अवस्थित धिमाल ग्रामथान तथा जाग्राम घर शिलन्यास गरिएको छ । शुक्रबार ग्रामथान परिसरमा एक कार्यक्रमको आयोजना गरि ग्रामथान तथा जाग्राम घर शिलन्यास गरिएको हो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले ग्रामथान तथा जाग्राम घरको शिलन्यास गरे । कार्यक्रममा उर्लाबारी वार्ड नम्बर २ का वडा अध्यक्ष राजन कडेल, धिमाल जाति विकास केन्द्र, केन्द्रिय सदस्य हरेराम धिमाल, उर्लाबारी नगर अध्यक्ष नारायण धिमाल, जेष्ठ नागरिक एकता समन्वय समितिका होमबहादुर थापा, सुनझोडा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष बलबहादुर धिमाल, सुनझोडा गाउँ टोल समितिका अध्यक्ष रामबहादुर धिमाललगायतको आतिथ्यता रहेको थियो । उर्लाबारी वार्ड नम्बर २ बाट विनियोजित एक लाख, विदेशमा वस्ने युवाहरुबाट करिब एक लाख ५० हजार र विभिन्न संघ संस्था तथा व्यक्तीत्वबाट सहयोग संकलन गरि निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको पुनः निर्माण समितिका संयोजक मातृका धिमालले जानकारी दिए ।

सम्बन्धित खवर