मिस धिमालको दोस्रो संस्करण हुने - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

मिस धिमालको दोस्रो संस्करण हुने

साइनो समचारदाता
उर्लाबारी । आदिवासी जनजाति धिमाल समुदायको सामाजिक संस्था धिमाल विद्यार्थी मञ्चले दोस्रो मिस धिमाल २०१९ आयोजना गर्ने भएको छ ।
बुधबार उर्लाबारी स्थित सम्राट होटलमा पत्रकार सम्मेलन गरी मिस धिमाल प्रतियोगिताका बारेमा जानकारी गराइएको छ । धिमाल युवतीहरुको प्रतिभा उजागर गर्नुका साथै धिमाल जातिको कला, संस्कृति, भेषभुषा तथा भाषाको संरक्षण र प्रबदर्धन गर्नका लागि मिस धिमाल दोस्रो संस्करण गर्न लागिएको आयोजक समितिका संयोजक सुनिल धिमालले जानकारी दिए । पुस २१ गतेदेखि ३० गतेसम्म झापाको विर्तामोड, मोरङको उर्लाबारी र बेलबारीमा अडिसन गरिनेछ । साथै भारतमा रहेका धिमाल युवतीहरुको पनि सहभागीता गराउने तयारी रहेको आयोजकले जनाएको छ । माघ ६ गतेदेखि माघ मसान्तसम्म २५ जना सहभागीहरु छनौट गरी नेतृत्व विकास, पत्रकारिता, फोटोसुट, धिमाल इतिहासका बारेमा जानकारी, फिजिकल फिटनेस, सौन्दर्य श्रृङ्गार लगायत बारेमा प्रशिक्षण दिइने आयोजक समितिका सचिव मनिराज धिमालले बताएका छन् ।


मिस धिमालको विजेताले नगद १ लाख रुपैयाँ, फस्ट रनर अपले ५० हजार र सेकेन्ड रनर अपले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । मिस धिमालको फाइनल फागुन पहिलो साता मोरङको उर्लाबारीमा हुने र प्रतियोगितामा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । २०११ मा भएको पहिलो मिस धिमाल पछि अर्काे संस्करण हुन सकेको थिएन् ।

सम्बन्धित खवर