संघीय करातेमा रुस्तम - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

संघीय करातेमा रुस्तम

साइनो समचारदाता
काठमाडौं । संघीय कराते संघ नेपाल केन्द्रीय समिति पुनर्गठन गरिएको छ । सघीय समाजवादी फोरम, नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा शुक्रबार सम्पन्न भेलाले शेष रुस्तमको अध्यक्षतामा ७ सदस्यीय समिति बनाएको हो । समितिको उपाध्यक्षमा सुनिल नकर्मी, महासचिवमा प्रकाश पण्डित रहेका छन् भने सदस्यहरुमा संसाद अली, सद्दाम हुसेन मन्सुरी, प्रतापसिंह तामाङ र सुमन महर्जन रहेका छन् ।
महासंघका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश ईन्चार्ज गुणबहादुर लामाको अध्यक्षता रहेको भेलाको प्रमुख अतिथिमा पार्टीका केन्द्रीय सदस्य तथा महासंघका अध्यक्ष पूर्णबहादुर बस्नेत र विशेष अतिथिमा केन्द्रीय परिषद सदस्य तथा कराते संघका ईन्चार्ज आसमान तामाङ रहेका थिए ।
संघीय कराते सङ्घका कार्यबाहक अध्यक्ष शेख रुस्तमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संघीय खेलकुद् महासंघ, नेपाल ३ नम्बर प्रदेश समितिका मूख्य सचिव सन्दिप महर्जनले गरेका थिए ।

सम्बन्धित खवर