सुन्दा नपत्याउने, देख्दा अचम्म अदभुत बालिका (भिडियो सहित हेर्नुस) - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

सुन्दा नपत्याउने, देख्दा अचम्म अदभुत बालिका (भिडियो सहित हेर्नुस)

गोपाल काफ्ले पथरी

मोरङ पथरीशनिश्चरे १० कि आयुशा राई अहिले ११ वर्षकी भइन् तर उनि हिड्डुल गर्न भने सक्दीन्न । कक्ष २ मा अध्यानरत आयुसा पढ्ने र लेख्ने हक्ती भने अदभुत रहेको छ । १९,२० वर्षको मानिसको जस्तै गफ गर्ने आयूसाको पछि गएर डाक्टर बन्ने सपना छ । उनि जन्मेको ३÷४ महिनामा बाबु बिते पछि मामल बस्दै आएकी आयुसा करिव एक डेढ फिटकी मात्र छिन भने उनकोे दुबै हात खुट्टा लावर जस्तै छन । तर पनि उनि कहिल्यै हरेष नखाई स्कुल जाने गर्छिन । स्थानीय सिदार्थ बोडिङमा पढ्दै आएकी आयुसालाई स्कुलले नै बस्नका लागि कुर्सी बनाईदीएको छ । सार्थी संगि संग खुलेर रमाउने आयुसालाई स्कुलमा सर मिस र सार्थीहरुले सधै हौसला दिने गरेको उनि बताउछिन । औषधी उपचारको अभावमा ११ बर्ष देखि शारिरिक अपाङगता भएर बस्नु परेको हजुरामा बताउछीन । पोलियोका कारण आफ्नो हात खुट्टा बिग्रिएको आयुसाको भनाई छ ।


हजुरआमाको साथमा खेलेरै दिन गुजानु पर्ने र घरको आर्थिक अवस्था अत्न्तै न्यून रहेका कारण आफुले केहि गर्न नसकेको आयुशाकी आमा वशन्ती राई बताउछिन । २०६४ सालमा जन्मिएकी आयुशा पहिले सामान्य बच्चा जस्तै थिइन तर विस्तारै रोगले च्याप्दै गयो । करिब ४ वर्षको भएपछि हात खुट्टाले नै काम गर्न छाडे उनि डिडुल गर्नपनि सक्दिनन् । बसेपछि यताउता गर्न पनि उनलाई अरुको सहारा चाहिन्छ ।
अझै पनि अप्रेसन गर्दा ठिक हुन्छ भने डाक्टरहरुले आश्वसन दिएका छन तर आर्थिक अभावले उनको अप्रेसन गर्न नसकेको हजुरआमा रहरमाया राइले बताउनुभयो । कसैले आर्थिक सहयोग गरेमा उनको अझै उपचार हुने परिवारको भनाइ छ ।

(भिडियो सहित हेर्नुस)

सम्बन्धित खवर