ससफोको महाधिवेशन वैशाखमा  - Sainokhabar
  • मङ्गलबार, असोज ०५, २०७८

ससफोको महाधिवेशन वैशाखमा 

आइतबार सम्पन्न ससफो नेपालको सातौं केन्द्रीय बैठकले महाधिवेशन ३०७६ वैशाख २८, २९ र ३० गते जनकपुरमा सम्पन्न गर्ने निर्णय गरेको हो । त्यस्तै महाधिवेशन अघि नै प्रदेश समिति र स्थानीय तहहरुमा अधिवेशन सम्पन्न गर्न केन्द्रीय बैठकले निर्देशन जारी गरेको छ ।

आगामी माघ २५ गतेभित्र पार्टी सदस्यता नवीकरण गरिसक्नु पर्ने, सदस्यताको सम्पूर्ण विवरण फागुन १० भित्र बुझाइसक्नुपर्ने, तदर्थ समिति नबनेका तहहरुमा फागुन १५ गतेभित्र निर्माण गरिसक्नुपर्ने, फागुन २५ भित्र वडा, गाउँ/नगर, उपमहानगर, महानगर अधिवेशन सम्पन्न गर्नुपर्ने, चैत ५ गतेभित्र प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला समन्वय समितिको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने पार्टी निर्णय छ । पार्टीको प्रदेश समिति अधिवेशन चैत २० गतेभित्र गरिसक्नुपर्ने निर्णय भएको ससफो नेपाल केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।बैठकमा सरकारमा पार्टीको सहभागिता बारे समीक्षा, संविधान संशोधन बारे, विभिन्न आयोगहरुमा नियुक्ति, पार्टी एकता लगायत विषयहरुमा छलफल भएको पार्टी स्रोतले जनाएको छ ।

सम्बन्धित खवर