राजदूतमाथि छानबिन गर्न परराष्ट्रले सक्रिय - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

राजदूतमाथि छानबिन गर्न परराष्ट्रले सक्रिय


साइनो समचारदाता
काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न परराष्ट्र मन्त्रालय सक्रिय भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शेर्पामाथि छानबिन गर्न मन्त्रालयको आन्तरिक समिति बनिसकेको बताए । उनले भने,
‘यो गम्भीर आरोप हो । मन्त्रालयको छानबिन समिति बनिसकेको छ । समितिले दुबै पक्षमाथि छानबिन गरेर वास्तविकता बाहिर ल्याउँछ ।’
यसअघि परराष्ट्रले घटनाबारे छानबिन गर्न राजदूत शेर्पालाई काठमाडौं बोलाएको थियो।

सम्बन्धित खवर