शीर्ष ४ नेताको बहिष्कारको बाबजुत नेकपाको बैठक बस्यो, स्थायी समिति बैठक मंसिर २९ गते बस्ने निर्णय - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

शीर्ष ४ नेताको बहिष्कारको बाबजुत नेकपाको बैठक बस्यो, स्थायी समिति बैठक मंसिर २९ गते बस्ने निर्णय

साइनो समचारदाता
काठमाडौं । शीर्ष नेताहरुको बहिष्कारको बाबजुत पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बसेको छ । शनिबार अपरान्ह बसेको बैठकले स्थायी कमिटीको बैठक मंसिर २९ गते पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार दिउँसो १ बजे बस्ने निर्णय गरेको छ । नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ ।
सचिबालय सदस्य मध्ये पार्टीका चार जना शीर्ष नेताहरुले पार्टीको सचिवालय बैठक बहिष्कार गरेका छन् । समयमा अध्यक्षहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेल उपस्थित नभएपछि आफूहरु हिडेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई बताएका छन् । ‘अध्यक्ष, महासचिव बैठकमा आउनुभएन, २० मिनेटसम्म कुरेर फर्कियौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘बैठक बस्न केही ढिला हुनेबारे पनि नेतृत्वले केही खबर पनि गर्नुभएन।’
समयमै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ र बामदेव गौतम बैठकका लागि वालुवाटार पुगेका थिए । प्रवक्ता श्रेष्ठका अनुसार निर्धारित समयमा बैठक बस्ने पार्टीले यसअघि निर्णय नै गरेको थियो । समयमै कार्यक्रम गर्नुपर्छ भन्ने सिष्टम पार्टीमा बसाल्नका लागि पनि आफूहरु बालुवाटारबाट हिडेको श्रेष्ठले बताए ।
बैठक शनिबार दिउँसो ३ बजे डाकिएको थियो । नेताहरु ३ः२० बजेसम्म बालुवाटारमा बसेर फर्किएका हुन । नेकपाको सचिवालय नौ सदस्यीय छ ।

सम्बन्धित खवर