कांग्रेसले तीन माओवादी केन्द्रीय सदस्यसहित ७ सय पार्टीमा भित्रायो - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

कांग्रेसले तीन माओवादी केन्द्रीय सदस्यसहित ७ सय पार्टीमा भित्रायो


साइनो समचारदाता
बेलबारी । बिभिन्न पार्टी छाडेर ७ सय भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन । प्रवेश गर्नेहरुमा माओवादीका केन्द्रीय सदस्यत्रय राम न्यौपाने, मोहन रिमाल र मित्रसेन योन्जन पनि छन् । तत्कालिन नेकपा एमालेबाट १ सय जना, तत्कालिन माओवादी केन्द्रका ४ सय जना, राप्रपाबाट २५ जना, लिम्बुवानबाट १५ जना पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस क्षेत्र नं ३ का महासमिति सदस्य ललित श्रेष्ठले जानकारी दिए । जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष जी आर लिम्बु, लिम्बुवान मुक्ति मोर्चाका मोरङ जिल्ला सह–कमाण्डर बिनोद राई, राप्रपा मोरङ जिल्ला सचिव कृष्ण पौडेल, नेकपा सुन्दरहरैचा १० का संयोजक बुद्धि पराजुली लगायतले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।


यसै बीच नेपाली काग्रेस क्षेत्र नं ३ मोरङले स्थानीय तथा प्रदेश सभामा निर्वाचित सांसद तथा जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । सुक्रबार सन्दर हरौचामा एका कार्यक्रमको आयोजना गरी निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा क्षेत्र नं ३ को ख बाट प्रदेश सभामा निवाचित सुयर्माराज राई, ख बाटै प्रदेश सभामा समानुपातिक उमेदवार शेखरचन्द्र थापा, क बाट समानुपातिक उमेदवार लोक प्रसाद संग्रौला, सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, वडा अध्यक्षहरुमा बेलबारी ८ का निर्वाचित वडाध्यक्ष धनपति गौतम, १० का गंगा याख्खा, पथरी नगरपालिका वडा ८ का बाबुराम दाहाल, १० बाट सागर राई, नगर सदस्यहरुमा बिष्णु आचार्य, बिपिन आचार्य, सिर्जना गौतम, खेम प्रसाद गौतम, शुक्रराज लिम्बु, मुन गजुरेल रहेका छन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य शेखर कोइराला, जिल्ला अध्यक्ष डिक बहादुर लिम्बु, क्षेत्रीय सभापति गणेश खड्का, संघीय निर्वाचनका उमेद्वार सुनिल शर्माले सम्मापत्र र खादाले सम्मान गरेका थिए ।

सम्बन्धित खवर