टिफरको ठक्करबाट एकको मृत्यू - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

टिफरको ठक्करबाट एकको मृत्यू

मोरङको अत्याधिक दुर्घटना हुने स्थान पथरीशनिश्चरे र कानेपोखरी बिचको सडकमा दुर्घटनामा परि मंगलबार साझ ५ः३० एक ब्याक्तीको मृत्यू भएको छ । बा ६४ प १९९१ नम्वरको मोटरसाईकलमा सवारको दुर्घटनामा परि मृत्यु भएको तर सनाखत हुन वाकी छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा न १० अन्र्तगतको महेन्द्र राजमार्गमा भएको मोटरसाईकल र टिफर ठक्कर खादा घटना स्थलमै मृत्यु भएको हो । पश्चिम वाट पुर्व आईरहेको मोटरसाईकलले को १ ख ५७५२ नम्वरको टिफरलाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परि मृत्यु हुने चालकको सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल वजगाईले वताए भने दुर्घटना ग्रस्त मोटरसाईकल र टिफरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
टिफरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर