सत्ता सहवासमा, ओली सरकार - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

सत्ता सहवासमा, ओली सरकार


बिक्रम वनेम फागो
राष्ट्रवादीको अग्लो उपनामको ट्याग पहिरिएका प्रधानमन्त्री केपी शर्मा ओली यसताका, सपनाको दुनियामा रस रंग गरिरहेको झै प्रतित हुन्छ । उनको आँखामा झिना–मसिना दृश्य र सपनाहरु छैन, देख्दैनन् । यिनको खप्परमा यी यस्ता दृश्यहरु अटाउँने खाली जग्गा पनि छैनन् । यस्ता चानचुने विषयगत सरोकारहरुसँग रत्तिभर चासो पनि छैन् । भारी वर्षाका कारण यसताका, बाढी पहिरोले धेरै धनजनको क्षति भइरहेको छ । सरकारको उपस्थिति छैन । तत्कालै पीडितजनहरुलाई उद्धार र राहत छैन । सहानुभूति मानवीयताको कुनै व्यवस्थापनको छहारी छैन । भुकम्प पीडित नागरिकहरुले, अहिलेसम्म ओतलाग्ने कटेरो पाउन सकेनन् । सरकारको तर्फबाट निर्माण हुने एकिकृत छाप्रोका बस्तीहरु, पर्खाइको अपेक्षामा झन् दुरदराज हुदै गएको अवस्था छ । तर, विडम्बना, यता ओली सरकार भने, समुन्द्रमा जहाज कुदाउँने र रेल÷ट्रेन गुडाउँनेहरुको सपनाहरु माथी राज गर्दै, छिमेकी देशमा सफर गर्न लम्पट् देखिएका छन् ।
ओली सरकारको बढो उदेकलाग्दो रहर र इच्छा के । भुपेरिवेष्ठित देशमा, समुन्द्र निर्माण गरेर जहाज कुदाउने अनि एक भिताको समतल भएको तराई भूमिमा हजारौ हेक्टर जमिनहरु ओगट्ने रेल यात्राको लिग गुडाउने ध्याउन्नमा उद्धत देखिएका छन् । फेरि यो सपनाको योजनाका हकवाला, उनी स्वंयम पनि आफै होइनन् । उनको यो सपनामा राष्ट्रिय मौलिकताको कुनै गन्ध छैन । यसका हकवालादाता भनेका ‘मोदी’ र ‘सी जीन पीङ’ हुन् । जसको पिठ्यु माथी बुई चढेर जहाज र रेलको यात्रामा उनी बाहिर निस्केका छन् । जहाज र रेलको दुर यात्रामा निस्केका यिनी, नेपाली ‘कोलम्वस’ बन्न चाहन्छन् । जुन मात्रामा यिनले नयाँ जग्गा देश पत्ता लगाएर, त्यो जग्गाको नयाँ नामाकरण गर्न चाहन्छन्, त्यो हो, कम्युनिष्टहरुको अधिनायकत्वमा, उदय भएको नयाँ नेपालको वोर्ड राखेर शासन चलाउने सपनाहरु । यी नयाँ नेपालमा शासन गर्ने शासकका हिस्सेदार ‘प्रचण्ड’ पनि हुन् । एमालेसँग माओवादी सती जानुको मुख्य कारण नै शासन सत्ता भोगको लोभ–लालच थियो । आ–आफ्नै घरजम गरेर कर्म गरेका यी दुई ‘केपी’ ‘प्रचण्ड’ कहिलेसम्म गला मिलाएर घरजम गर्ने हुन, त्यो हेर्न बाँकी छ । सिद्धान्ततः फरक–फरक मत र एङ्गलबाट आएर घरजम निर्माण गर्न सहवासमा सत्ताभोगको रतिक्रिडा गर्न नाभी जोडेका यिनीद्धय, अहिले सत्ताभोगको स्वर्गीय आनन्द तिमा मद्होस हराई रहेछन् । घरजम जोडेसी सत्ताभोगमा, ती खट्पट् त भई नै हाल्छ, अन्ततगोतत्वः त्यो खट्पट् घरेलु दंगाई र घुर्खयाँईमा मात्र चली रहन्छ कि, अन्तत पुनः पारपाचुके मै गएर टुङ्गिन्छ । त्यतिखेर मात्र थाहा हुन्छ कि, यी सत्ताभोगको लागि घरजम गरी टोपल्ने वा गठबन्धन जोडीहरुको यर्थाथ कमेष्ट्री चित्रण । अपितु ओली सरकार भने जन सरोकारको प्रत्यक्ष चासोमा देखिने र भोगी रहेको नागरिकहरुको पीडाहरुलाई उपेक्षा गर्दै देशभन्दा गतिलो सपनाहरुको मुद्धा बोकेर भिक्षादान माग्न छिमेकी मुलुकहरु भौतारिन्दै र चाहादै छन् । राष्ट्रियतावादी नेताका रुपमा निशाना छाप लागेका यिनले छिमेकी मुलुकहरुसँग भिक्षादान मागेसी उनको त्यो निशानी छापको ट्याग पनि गल्र्याम–गुर्लुम्मै ढल्न पुगेको छ । उनको राष्ट्रवादी रंगको अनुहारमा, कालो मोसोको धब्बा पोतिन पुगेको छ । विदेशी र छिमेकी मुलुकसामु कहिल्यै आत्म–समपर्णवादी घुडा नटेक्ने उनी, यसपटक ‘मोदी सरकार’ सामु लम्पसारवादमा हात फैलाएर आफै स्खलित भईदिए । राजनीति चिन्तकका नागरिक अगुवाहरु भन्छन्–‘ओली सरकारले खोक्रो राष्ट्रवादको नारा उध्याउँनु भन्दा बरु लगौंटी बेरेर, हातमा कचौरा बोकेर भिक्षादान माग्न गएको भए, सोह्रै आना मुनासिफ हुने थियो । कम्तिमा देश र नागरिकहरुको आत्मा–सम्मानमा चोट् त लाग्न सक्दैनथ्यो । परन्तु अफसोच, यिनले आफ्नो सक्कली राष्ट्रभक्ति ज्याँदै उदाङ्गो रुपमा देखाई दिए र प्रमाणित पनि गरे ।
किन्तुः राजकाज चलाउन खासै अनुभूत र रंगढंग नपुर्याएका ओली सरकारलाई, सत्तारोहरण गर्नु भनेको शासक हुनु हो भन्ने भ्रममा बाँचेका छन । लोकतन्त्रमा शासक होइन, केवल सेवक मात्र हुन्छन् भन्ने, बोधबाट कहिल्यै प्रशिक्षित हुन सकेनन् । सोही कारणले पनि भारी बहुमत प्राप्त ओली सरकारको सत्ता कब्जा गर्दै, अधिनायकवाद लागू गर्ला भन्ने आशंकाको घेराबन्दीवीच अहिले विपक्षी कांग्रेस ज्याँदै त्रसित बन्न पुगेको छ । फेरि ओली सरकारको बोली र व्यवहार पनि सत्ता कब्जा गर्ने उन्मुखतिर छ की भन्ने कार्यशैली र शासकीय संरचनाको कार्यनीति हेर्दा, छनक देख्न वा पाउन सकिन्छ । यस्तो विषय परिवेशमा र ओली सरकारको छदम्भेषी शासकीय स्वरुपमा विचराज्ञ विपक्षी कित्तामा उभिएका कांग्रेसजनलाई, आहतको पिरोलोले डामी रहनु पनि कुनै नौलो र उदेक लाग्दो विषय भएन । विपक्षी बे्रञ्च सत्ता घटकको लागि जतिनै निरिहय देखेनी, ठानेनी, प्रतिपक्ष व्रेञ्च भनेको जहिले पनि सरकारको स्वेच्छाचारी कार्य नीति निर्माण प्रति ज्याँदै जागरुकताका साथ, निडर र उस्तै आक्रमण लडाकु झै प्रतिवाद गर्न सक्ने हुन सक्नु पर्दछ । विपक्षी व्रेञ्च भनेको लोकतन्त्रमा, सत्ताघटक सरकारलाई सही दिशावोधको मार्गदर्शनमा डोर्याउँने र देखाउँने पथ–प्रर्दशक पनि हो भन्ने बुझ्न आवश्यक छ । सांसदीय पद्धतिमा विपक्षी वे्रञ्च जति कमजोर र निरिहय देखिन्छ वा उपस्थिति हुन्छ, शासकीय सरकार उतिनै स्वेच्छाचारी शासक बन्दै जाने खतरा पनि बढदै जान्छ । पछिल्लो ओली सरकारको शासकीय कदम त्यस्तै हुदै गएको आभाष दिलाउँछ ।
वस्तुतः ओली सरकार आफू शक्तिशाली कार्यकारी प्रमुख भएको ‘हनिमुन डे’ पछि सत्ताभोगको मधुमासले देशमा अहिलेसम्म कुनै त्यस्तो मनछुने आस्था र भावनामा वेश्कनै तरंग पैदा गर्ने अनुभूत गराउन सकेनन् । जुन योजनाकृत कार्यनीतिहरुले निर्माण र कार्यान्वयन दिशामा बृहत्तर आकार लिन सकोस् । जसलाई आम–नागरिक र शुभेच्छुकहरुले देख्न, भेट्न र प्रयोगमा त्यसको महत्वता बढेको आभाषको बहु–प्रतीक्षित अपेक्षामा रहन सकोस् । अफसोच, त्यस्तो कुनै सम्झन लायक र स्यावास दिन सक्ने केही छैन् । ‘जहाज र रेल–वे यात्रा’ प्रति, आम नागरिकको कुनै चासो छैन् । आफ्नै यातायात सेवाको बाटोहरु चौपट् भताभूङ्ग बनेका छन् । दैनिक दुर्घटनाहरुले, कयौं यात्रुहरुको ज्यान गइरहेको छ । कतिको अंग–भंग भएर विजोग बनेर बाँचि रहेछन् । ओली सरकारको यस तर्फ रत्तिभर कुनै ध्यान–आर्कषण र समवेदना चुहिनसम्म सकेको छैन् । आफ्नो आँगनको सड्कहरु भत्केर सवारी साधनहरु नगुड्ने, नचल्ने अवस्थामा छन । यता उनी भने, छिमेकी ‘मोदी’ र ‘सिजिन .सरकारको बुई चढेर तिनको खप्परबाट सपनाहरु देख्दै, रेल र जहाज यात्राको आँखाभरी दृश्यापान गर्दै दिभ्रमितमा शासक भएका छन् । उनी आफू बहादुरी शासक भएको दम्भ पेश गर्र्न सरलबाट जटिलतिर होइन, जटिलतिर बाट यात्रा गर्ने हुँकार देखाउँदैछन् । परन्तुः यी सबै आत्म–समपर्णवादी चिन्तन र ढोगी भीक्षा मगनी मार्फत्, ओली सरकार केवल आत्मरतीमा, खुवै हौसिएर रमाईरहेका छन् ।
ओली सरकार खुब सपनाहरु देख्छन् । एउटा अकिञ्चन जोगीले त सुन्दर सपनाहरु देख्दै जीवन गुजार्ने साहस गर्छ । उनी त शासक न परे, कति कति सपनाहरु आँखाभरी, मनभरी उनिन्छन्, बस्छन । आखिर तिनै सपनाहरु त हुन् उनले आम नागरिकलाई बाड्ने पनि । उनी सपनाहरु वाँडी रहन्छन् । हामेरु नागरिकहरु भने, देखि रहन्छौं । त्यहाँ भएको उनले आम–चुनाव अघि सामाजिक सुरक्षा भत्ताको नाममा, नागरिक वृद्ध–वृद्धाहरुलाई रु ५,०००÷– पाँचहजार रुपियाको दरले, घर–घरमा आफै पुर्याई दिने, के सपनाको राहत बाँडथे । विचरा, उमेर पुगेका पाका नागरिकहरुले ल्याम्, कि ल्याम् सुर्य चिन्हमा भोट लगाई दिए । जब की आफ्नो आस्थाको दल पार्टीलाई सम्म मत दिन त्याग गरे । कठैः अहिले आर्थिक वर्षको कार्यक्रम योजना तथा नीतिमा अक्षरस सम्बोधन नभएसी, पाका अभिवावकहरुको अपेक्षा उही अगेनाको भूप्रोमा पकाउन राखिएको ढुङ्गाको तरुल जस्तै मिथकीय कथा बन्न पुग्यो । नेपाली राजनीतिमा उखान टुक्काका विशेष पर्यायको पगरी गुथेका ओली सरकारले, बाड्न सक्ने सपनाहरु भनेझै उहि भ्ुप्रोको ढुंगा तरुल त हो । कहिले पाक्छ र खाउला भन्दा भन्दै, उनको सत्ताभोगको आयुको चोला पनि उठी सक्छ । त्यतिखेरसम्ममा कयांै सपनाहरु कुनै नागरिकहरुको पनि चोला उठी सकेको हुनेछन्, वस ।
पुनश्वः भन्नुपर्दा ओली सरकारको भावी कार्यनीति योजनाहरु फगत सपनाहरु जस्तै मात्र छन् । भन्ने मनसायमा इंगित गर्न खोजिएको भने रत्तिभर हुदै होइनन् । कति सुन्दर र फलदायी पनि छन परन्तु धेरै जस्तो उनको उखानेबोली जस्तै फगत पनि लाग्छन । उनको शासकीय शैलीको मार्क गर्नु पर्दा, ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने नेपाली आख्यान चरितार्थ झंै लाग्छन् । भुइमाथिको बस्तीहरु सम्हाल्न सकेका छैनन् । जबकी उनी चन्द्रलोकमा सहर निर्माण गर्ने सपनाहरु देख्छन र बा“डी टोपल्छन । कठैः यिनी मुखभरी जे पायो त्यहि बोल्छन् । बोल्नलाई कुनै नियमावलीको हदबन्दी आचारसंहिता लागू हुदैन । बरु अरुको थुतुनोहरु वढी पड्केको देख्छन्, सुन्छन् र सेन्सरसिपको कैंची लगाउने हुकुमी परमादेश जारी गर्छन् । तथापी शासक भए यता यिनको थुतुनोमा, केही नरमपना आएको छ । विपक्षी आलोचकहरुलाई आत्म–केन्द्रीत वशमा ल्याउन पनि, उतिकै खापिस देखिएका छन । मधेस र मधेसीजनहरुबाट ज्याँदै घृणाको लागि योग्य पात्रको ट्याग भिरेसी, यिनले अहिले त्यो ट्याग लागेको हिलो पखाल्ने क्रममा छन् । जो उनको सत्ता गठवन्धनमा, मधेसी अभियेन्ताको राजनीतिक नेताहरुलाई पनि, सत्ताभोगको अंशियार बनाउन सफल बनेका छन् । यस मानेमा उनी राजनीति कुटिलतामा पनि, रणनीति आफ्नो सत्ताको आयु बढाउन र शक्तिशाली निर्माण गर्न गराउन, अनुकुलतामा फेरवदल गर्न सक्ने शकुनी मन्त्रको बिद्या पनि यिनलाई, गजबले आउने गर्छ । मात्र यिनमा कथनी र सारमा फरक छन् । भनाई र गराईमा एकरत्ति मेल खाँदैन । बढी थुतुनो पड्काएसी, पार्टीले बढी नखरा थुतुनो उध्याँएको कारण जनमानसमा पार्टीको लोकप्रियतामा ज्यादै ह्रास आएको कटु–टिप्प्णी गरी सचेत गराइएपछि, यिनको थुतुनोको धारमा केही खिया लाग्दै गएको हो ।
कब्जामा संवैधानिक अंगहरु र बुख्याँचा विपक्षी व्रेञ्च
ओली सरकारको सत्तारोहणपछि, अहिले राज्यको कुनैपनि संवैधानिक निकायहरु, स्वतन्त्र र स्वविवेक चल्न सकेका छैनन् । ओली सरकारको उपस्थिती र हुकुमी राजले यी संयन्त्रहरु ज्याँदै नै कमजोर र निरिह्य देखिन्दै गइरहेको अवस्था छ । सरकार दिनानुदिन, महा शक्तिशाली बन्दै जाँदा, यी शक्तिशाली मानिएका, ठानिएका संवैधानिक अंगका निकायहरु भने, कठ्घरामा उभ्याइएको कैदबन्दीहरु जस्ता, ठिट्लाग्दा देखिएका छन् । मानौ, यसबेला ओली सरकारको यिनीहरुलाई, भारी दुईतिहाई बहुमतको छायाँहरुको कारण, ‘मास–फोविया’ रोगीको शिकार बन्दै गएको हो कि, भन्ने आभाष दिलाउन प’ग्छ ।
राज्यमा शासकहरु जति नै स्वेच्छाचारी बढ्दै शक्तिशाली बने पनि, संवैधानिक निकायका अंगहरु निरिहय र वबुरा जस्ता रत्तिभर देखिनु हुन्न थियो । झन् शासकहरु भन्दा, सहि सलामत विधि र विधानमा रक्षात्मक उभिनु साथै विधिको शासनलाई प्रतिरक्षा गर्दै, स्वेच्छाचारी उन्मुख सरकारलाई लगाम लगाउने सर्वाधिकार, संवैधानिक अंगका निकायमा छुदैछ । तर, सरकारलाई स्वेच्छा चारी उन्मुख वेलगाम छोडी दिने र संवैधानिक निकायमा कार्यरत अंगहरु पनि, शासकहरुको हजुरिया गर्ने आज्ञाकारी चेलो जस्तै मात्र बन्यो भने, विधिको शासन मर्छ र लोकतन्त्र धरापमा पर्न सक्दछ । यसताका हाम्रो देशको शासकीय स्वरुपको कर्मकाण्डीय भोग कर्म विधि, ठयाक्कै यस्तै–यस्तै अवस्थामा मनमानी चल्ने क्रममा देखिन्दैछ । सरकारलाई नत्थी लगाएर कोर्रा हान्दै मार्गदर्शन गराउँने अंगहरु नै, सत्ताको भोगमा लम्पसार आज्ञाकारी भएसी, सरकार र यी संवैधानिक निकायका अंगहरु प्रति, आम– नेपाली नागरिकको जन आस्था पनि, उस्तै मर्दै मर्दै जाने अवस्थामा छ । जो विवाद रहित विशुद्ध रहन सकेनन् । उही सरकार कै आज्ञाकारी पालक जस्तै देखियो ।
अन्तः यसताका शासकहरु हुकुमी राजमा जंगे उर्दी गर्दा आज्ञा पालक न्यायलय भने, कित्ता कारोबारमा तमसुकको दाहिने किनारा फड्के साक्षी बस्या जस्तै मात्र बन्न पुगेको देखिन्छ । राज्यमा सरकार शासक भन्दा, न्यायलय ज्याँदै संवेदनशील मानिएको हुन्छ । आम नागरिककोे शासन सत्ताको सरकार भन्दा न्यायलयसँग सबभन्दा बढी जन–आस्था जोडिएको हुन्छ । शासक सरकार जतिसुकै दमनकारी, अधिनायकवादी किन नहोस् तथापी न्यायलय निष्कलंक र कानुनी रक्षाको निडर पालक छ भने, त्यहाँ सधै लोकतन्त्र र नागरिकहरु सुरक्षित रहन्छन् । न्यायलयलाई न्यायका प्रतिमुर्ति मानिने न्यायकर्ताहरुले, अक्षरस पालना गर्ने र कानुनी राज्यको वर्खिलाक गर्ने शासकहरुको विरुद्ध एक ढिक्का उभिन सके, शासकहरुले अधिनायकवाद तर्फ शासन पद्धति हत्याउँन कठिन हुन्छ ।
अपितुः यसबेला हाम्रो न्यायलयहरु भने, ठीक यसको विपरित कितामा उभिएको देखिन्दैछ । सरकारले जंगे हुकुमी परमादेश दिएको र तोक लगाईएका भक्षक कैदीहरुलाई बिनाशर्त रिहाई गर्दै, खुलेआम सम्मानीत माननीय व्यक्तित्वहरुको कदर गर्न न्यायलयलाई उल्टै निर्देशन दिनु अनि थपक्क आज्ञाकारी पालकजस्तो न्यायलयका न्यायमुर्तिहरुले, सरकारको कार्यकारी कामदारी जस्तो, अपराधी कैदीहरुलाई रिहाई गर्न आदेश दिन थाल्नुले, न्यायलयको आफ्नो संवैधानिकता र राज्यधिकार, सरकारको मातहतमा झरिसकेको वोध गराउन पुग्दछ । यसले आफ्नो गरिमा गुमाउँदै लगेको अवस्था छ । सरकारसँग यसको लिगेसी जोडिन्दै गएको हो की भन्ने भारी शंसय पैदा गरेको छ । न्यायलयमा राजनीति हर्ताकत्र्ताहरुको नियुक्ति र चलखेलका कारण पनि, न्यायमुर्ति मानिएका मानकहरुमा, राजनीति गन्धको छनक आउ“न पाउ“न क’न सन्देह र नौलो भनि उदेकलाग्दो रहयो र रु न्यायलय हिजोको अवस्था देखिन् नै, राजनीति लिगेसी गठबन्धन कब्जामा थियो र छ भन्ने, आशंका त जनमानस वीच, समिक्षात्मक विश्लेषणमा चर्चा–परिचर्चा भईरहेथ्यो । जो, ओली सरकारको अधिनायक शासन सत्ताको कित्तामा आईपुग्दा, राज्यमा उभिएका संबैधानिक अंगहरुको गरिमामय तिनको उपस्थिति र हविगत देखिन्दै गएको छ ।
खैरः त्यति नै खेर फेरि ‘अख्तियार दुरुपयोग आयोग’ ‘मानव अधिकार आयोग’ अनि के–के आयोगहरु तटस्थ बुख्याचा जस्तो मौन देखिएका छन् । देश शासकीय नेताहरुले नै, खुलेआम टेण्डरमा लिलाम बढाबढ गर्दै, कित्ता काटाकाट गर्दाताका पनि, अख्तियार भने चुपचाप रमिते दर्शक जस्तो भएर, सरकारको ‘ग्रीन सिग्नल वाडी टोपलेको हो कि, जस्तो त्यो मौनताले वोध गराउँनु पुग्छ । यता मानव अधिकारवादीको वोर्ड झुण्डाएका अभियेन्ता भनौंदाहरु भने, अपराधी भक्षकहरुले दिनानुदिन, मानव वेच–विखन, छोरीचेली वलात्कृत, हिंसा, अपराध कानुनी राज्यको उपहास भई रहन्दा ताकसम्म, चुइक्क त्यसको विरुद्ध बोल्न सक्ने साहस नगर्नु र टुलुटुलु रमिते दर्शक र श्रँेता बन्न’ले, यी आयोगहरु पनि, उही सरकारकै ओठेभक्ति गान गाउँदै मेन्जो कामचलाउ रुपमा यसको उपस्थिति देखिएको छ । द्धन्द्धपीडित नागरिकहरु अझैपनि, न्याय नपाएर न्यायकै प्रतिक्षरतमा जीवन गुमाउँनेहरु, हाम्रै देशमा अनगिन्ती छन् । सरकार नर भक्षक भएको बेला, यी मानवअधिकारवादी खोइ कता गुमनाम छन । न्यायको भिक्षा माग्दाखेरी, भिक्षादान कबुल गरी सरकार र न्यायलयलाई आदेश दिन किन सक्दैन रु सरकार सामु किन खुटा कमाएका हुन नि रु राज्यको उपस्थिति देखिने तहमा उभिएसी, निकम्मा भतुवा जागिर खाएर मात्र हुन्न । राजश्व करको पैसा खाएसी पचाउन नि सक्ने हैसियत राख्नु पर्र्याे । केवल खाली सरकारको हन’मान बढ्नलाई मात्र यी संवैधानिक अंगहरु, राज्यको मार्गदर्शक सिद्धान्तमा राखिएको होइनन् के ।
पुनश्चः भन्नुपर्दा यसबेला, ओली सरकार, सम्पूर्ण संवैधानिक निकायका अंगहरु आफ्नो सत्ताभोगको कारोबारमा मातहत अण्डरमा राखेर, शासन सत्ता स्वेच्छाचारी ढंगले चलाउन सक्ने नियतमा, आफूलाई दस्तखत गर्दै लैजाने मुढमा देखिएका छन् । राज्यका यी सर्वाेच्च निकाय मानिएका अंगहरुको कर्मभूमिमा, काम गर्ने शैलीको रंगढंग हेर्यौ भने लाग्छ यी अंगहरु शनैः शनै ः युरिक एसिडले कज्जाएको वाथरोगी जस्तै देखिएको छ । यसको मतलब र सार कै, भने यी अंगहरु सबै सरकार शासकहरुले नियन्त्रणमा राखेर कब्जा जन्माएका छन् । आन्तः यी राज्यका निकायगत अंगहरु सरकारको कब्जामा नियन्त्रीत हुनु भने कै ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ वधशालामा लगेर उभ्याइएको छ । जहाँ शासकहरुले खुलेआम निस्फिक्री लोकतन्त्र र सार्वभौम सत्ता सम्पन्न शासकीय पद्धतीको वध गर्न सक्नेछन् र स्वेछाचारी शासन पद्धतीको अधिनायकवाद हाबी गर्न, गराउँन प्रवल सम्भावना रहन जान्छ । अहिले सारमा ओली सरकारको कर्मकाण्डीय विधि हेर्दा भने उनको दम्भ र हाँक देख्दा शासकीय गन्ध भने, उही विस्तारै अधिनायकवाद तर्फ देशलाई धकेल्ने हो कि भन्ने तिनको हाउभाउले त्यो छनक् देखाउन पुग्दछ । यथार्थमा विश्व घटनाक्रममा बाम –कम्युनिष्टहरुको अन्तिम गन्तव्य नै शासन सत्ता भन्दा उहि अधिनायकवाद नै लाद्ने हो भन्ने बुझेको नेपाली कांग्रेसलाई अहिले वेश्कनै एैंठन लागेको अवस्था छ । नेपाली राजनीति इतिहास मै लामो सत्ताभोग पछि उछिट्टिएको कांग्रेस यतिबेला संघीय सांसद भवनको विपक्षी वे्रन्चमा ज्याँदै निरिहय बनेर उपस्थित भएको छ । यसो सांसद भवनमा कोकोहोलो मच्चाई टोपल्त । सभालयको रोष्ट्रम अगाडी यसो घेराउ गर्न २, ४ जना जत्था हुल–दंगा गर्न गई टोपल्छन् । वराः दुई तिहाई बहुमतले शासक हुन पाएको सरकार, टेर– पुच्छर सम्म लाउने ध्याउँन्नमा छैनन् । सरकारको हकमा त अहिले सांसद भवनमा, विपक्षी बे्रन्च एकदमै खाली भए जस्तै न हो । त्यही भएर सरकारको कार्यनीतिमा, एकछत्र मनोमानी राज चलेको छ । यस मानेमा सरकार यतिबेला, आफ्नो अनुकुलताको शासक हुनुको मज्जा र आनन्दको दुनियामा राज्यको दोहन गर्न, ज्याँदै उद्धत देखिन्दै गएको छ ।
भलैः विपक्षी ब्रेञ्च कांग्रेस भने, मोच लागेर कुपोषण रोगले थलापरेको रोगी बालक जस्तै बन्न पुगेको छ । रोई–कराई गर्छन् । चिच्याएर कराउँछन्, आवाज एकरत्ति स’निन्न उभिन खोज्छन्, परन्तु खुट्टा टेक्न सक्दैनन् । बैशाखीको वलमा भुई टेक्न सक्ने जस्तो, हविगतमा देखिएका यी विपक्षी व्रेञ्च कांग्रेसलाई अहिले सत्ताघटक सरकारले, खेतबारी काङ्लाहरुमा, पश’पंक्षीहरुको गोठालो बस्ने बुख्याचा जस्तो मात्र त’लनामा देख्न पुगेको छ । राज्यको दोहन गरेर यी संवैधानिक अंगहरुको चीरहरण गर्दाताक सम्म पनि, विपक्षी वे्रञ्च, शासकका अगाडी गुमनाम् वेपत्ता झै देखिएको छ ।
सत्ता भोगमा गलपासो र गलगाँडोको ऐंजेरु पलाउँनु
फलतः ओली सरकारलाई अहिले आफ्नै नेतृत्वका कार्यकारी सरकार मन्त्री प्रमुखहरु, गलपासो बन्दै गएका छन् । गठबन्धन मोर्चा मार्फत माओवादी कित्ताका सरकार त भए–भए नै । त्यस माथी आफ्नो पाटीको सरकार बनेका मन्त्रीहरुनै गलगा“डो बन्न प’गेका छन् । माओवादी इत्तर मन्त्रीहरु त, गलगाडो नै भइदिए । थप गाँड माथी थप अर्को तुली गाँडहरुको ऐंजेंरु पलाउँदै जानुले, ओली सरकार पीडानुभावमा आक्रान्त र क्लान्त भएका छन् । आफ्नो मन्त्रीहरुको रवाफ्लिो शासकीय दम्भ र हाँकका कारण, यिनी हरेक पल हैरान बनेकाछन् । मन्त्रीहरुको प्रस्तुती र कार्यशैली यिनीलाई पटक्कै मन परेको छैन् । मन्त्रीहरुले आफू इतिहास कै शक्तिशाली कार्यकारी प्रमुख प्रधानमन्त्री भएको गणनामा, टेर–पुच्छर लगाएका छैनन् । मन्त्रालयहरु आफू खुसी नियन्त्रणमा नीति नियम लागू गरेर चलाएका छन् । कार्यकारी प्रमुख प्रति कुनै सोधनी छ छैन् पुरै ठाडै उपेक्षाका कारण पनि ओली सरकार बढी चिढिएका छन् । सो कार्य शैली उनलाई रत्तिभर पटक्कै मन परेको छँदै छैन ।
अतः ओली सरकार यसबेला कि कर्तव्य विमुख्मा छन् । आफ्नै मन्त्रीहरुको कारण, उनी नैतिक संकटमा उभिएका छन् । शुन्य सहनशीलतामा भष्ट्रचार मुक्त देश र संमृद्धशाली विकास भन्ने उनको राष्ट्रवादी स्लोगान नारा, आज आफ्नै गलाको पाशो बन्न पुगेको अवस्था छ । स्लोगान भक्तिको स्तुतीका साथ फर्जी कर्तव्य निर्वँह गर्ने मन्त्रीहरु नै, अहिले उनको हकमा ज्याँदै गलगाँड माथी, अर्को तुली गाँड वीजाङ्करण हुने ऐंजेरु वन्न पुगेको अवस्था छ । जो उनलाई सर्वाङ्गै बनाउँन त्यो मिशनकारिता कदमहरुले थप बल प्रदान गर्ने आशंकाले, उनी ज्याँदै ग्रसित बन्न पुगेका छन् । अहिले त्यही पाशा अर्का अधिनायक ‘सरकार प्रचण्डको हकमा नि लागू हुने भएको छ । यी शासकद्धय नेताको राजनीति चरित्र र नियतिको पर्दाफास हुने भएकोले अप्ठयाएको अवस्था छ । जस्को कारण, केही मन्त्रीहरु कारकतत्व बन्न पुगेका छन् । जसलाई मन्त्री पदबाट बर्खास्तमा दोस्रो मन्त्रालय बसाँई सारी दिने ध्याउँन्नमा नि, यी द्वयको टाउको दुखाई भनेकै मुख्य गृहमन्त्री रामबहादुर थापा बादल हुन् । जसले यी दुई शासकको निद हराम पारी दिएको छ । सर्वोच्च कमाण्डरले जतिनै ह्रिप जारी गरे नि, गृहमन्त्रीले टेरपुच्छर लगाएका छैनन् । त्यसमा थप अन्य मन्त्रीहरु छन् । जो कार्यकारी प्रमुखलाई टेर–पुच्छर लाउँदैनन् । तसर्थ यस्ता तुलीगाँड र गलगाँडो बन्न प’गेका अटेरी मन्त्रीहरुलाई, व्यावस्थापन गर्न यी दूई नेताहरु आतुर देखिएका छन् ।
यर्थाथमा भन्नुपर्दा ओली सरकारलाई कालो थुप्रिएको धन लाई, सेतो सफाई गर्न उनी राजी छैनन् । अनि महालेखा परिक्षण केन्द्रले बेरुजु रकम निकालेको अरबौ रुपैयाको, कान’न सम्मत छानविन आयोग मार्फत् कारबाही गर्न गराउन पनि, उनी किमार्थ राजी छैनन् । यता आफ्नै स्वामित्वमा उभिएको महलहरुको नेताहरुले प्रयोग गरेका चल–अचल सम्पतिहरुको विवरण पेश दिन र श’द्धिकरण गर्न नै पनि, यिनले रोक लगाउन ह’क’मी परमादेश दिएका छन् । तथापि केही इमान्दार मन्त्रीहरु भने यसलाई कानुनी प्रकृयागतमै लगेर नागरिकहरु सामु सार्वजनिक गर्न चाहेका छन् । जसको कारण पनि ओली सरकारलाई यी इमान्दार मन्त्रीहरु रत्ति मन परेका छैन् । कि त, वरर्वास्त, अपदस्त गर्ने की, मन्त्रालय नै फरक चेन्ज सारी दिने ध्याउँन्नमा उनी लागेका छन् । तर पनि ओली सरकारले हठात यस्तो निर्णयको पछि कार्य संम्पादन गरे, सत्ताभोगमा पछी उनैलाई अप्ठयारो बाँधा–अड्चनहरुले अप्ठयाउँने छ । उनको भष्ट्रचार म’क्त समाज र देशको स्लोगान नारा भक्तिले, अन्ततः ओलीको गलामा पाशो लाग्न सक्ने प्रवल सम्भावना देखिन्छ । यसले ओली सत्ता साझेदार भोगमा पनि, विचलन ल्याउन सक्छ । ओलीको स्थायी पाँच वर्षे सरकारको आयुमा एक्कासी ब्रेक लाग्न सक्छ । सत्ता साझेदारमा जोड–घटाउ वीच गठवन्धनको सम्बन्ध जोडने दलहरु, भोग चलनमा दरार उत्पन्न भए र सम्बन्धहरु छेद विच्छेद तर्फ उन्मुख तिर लागे अंक गणितीय सत्ताभोगको महल गल्र्याम्–गुर्लुम्म ढल्न कतिबेर लाग्नेछैन् ।

सम्बन्धित खवर