कामकाजी भएपछि सुनसरीबासी हर्षित - Sainokhabar
  • शनिबार, जेठ २९, २०७८

कामकाजी भएपछि सुनसरीबासी हर्षित


मंसिर १६
साइनो समचारदाता
धरान । इलामको माङ्सेबुङ गाउपालिका वडा नम्बर ५ मा वडा सरकारले सरकारी कामकाजीको भाषामा किरात सिरिजंगा लिम्बु भाषा लिपिलाई मान्यता दिएपछि सुनसरी बासी हर्षित भएका छन् ।
लिम्बू विद्यार्थी मन्च र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले भाषा लिपि सरकारी कामकाजी भएपछि दीप प्रज्वलन गरेर स्वागत गरेका छुन् । उनीहरुले जनसंख्या बाहुल्यताको आधारमा मातृभाषाहरुलाई संरक्षण र प्रवद्र्धन गर्न संघीय र प्रदेश सरकालाई हार्दिक आग्रह गरेका छन् । धरान उपनगरपालिकाको भानुचोकमा विद्यार्थी सहितको भेलाले मैनबत्ती बालेर स्वागत गरेको लिम्बू विद्यार्थी मन्चका केन्द्रिय सदस्य एबम महेन्द्र बहुमुखी क्याम्पस धरानका स्वबियु सभापति सागर लिम्बुले जानकारी दिएका छन् । दीप प्रज्वलनम बोल्दै नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ सुनसरीका अध्यक्ष बुदरोज लिम्बुले महेन्द्र राजाको एक भाषा एक नीतिलाई तोडिदै गएको भन्दै लिम्बु भाषा मात्र नभएर अन्य आदिवासी जनजातिको भाषालाई पनि सबै स्थानीय तहले सरकारी मान्यता दिनुपर्ने माग गरे । लिम्बू विद्यार्थी मन्चका जिल्ला सदस्य हरि इवाहाङ्ले पनि सम्बोधन गर्दै सबै मातृ भाषालाई सरकारी कामकाजीको भाषा बनाउनु पर्ने भन्दै ५ नम्बर वडामा भएको लिम्बू भाषा सरकारी कामकाजीको भाषा भएकोमा ऐतिहासिक भन्दै स्वागत योग्य भएको बताए । कार्यक्रममा लिम्बू विद्यार्थी मंच तथा नेपाल आदिवासी जनजाति महासंघका विद्यार्थीहरुको उपस्थिति थियो ।

सम्बन्धित खवर