चासोक तङ्नाममा मुख्य मन्त्री पथरी आउदै - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

चासोक तङ्नाममा मुख्य मन्त्री पथरी आउदै

मंसिर १६ गत
साइनो समचारदाता
पथरी । नेपालीहरुको महान् चाड चासोक तङ्नामको अवसरमा शुभकामना दिन मोरङको पथरीशनिश्चरेमा मुख्य मन्त्री शेरधन राई आउने भएका छन् ।
चासोक तङ्नाम फुङ्सक उत्सबमा प्रमुख अथिति रुपमा आउने आयोजकले मंसिर १५ गते शनिवार पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । किरात याक्थुङ चुम्लुङ र सिरिजंगा स्मृति धार्मिक बनको आयोजनामा विविध कार्यक्रम सहित ३ दिनसम्म तङ्नाम मनाइदैछ ।


पुस ४ गते राजकुमारी साँवा स्मृति र मनमाया तुम्बाहाङ्फे सिरेङ स्मृति पुरुष भलिबल रनिङ कप, बुद्धराज हाङ्गाम लिम्बु स्मृति महिला भलिबल रनिङ् कप हुदैछ । पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेताले ५१ हजार र उपविजेताले ३१ हजार र महिला भलिबल प्रतियोगिताको उपाधि ३१ हजार र उपविजेताले २१ हजार प्राप्त गर्ने गर्नेछन् । प्रथम पुरुष भलिबलको पुरस्कारको राशी गंगा सावा, दोस्रो पुरस्कार तेजबहादुर सिरेङ र प्रथम महिला भलिबलको पुरस्कारको पर्शुराम कार्की, दोस्रो पुरस्कारको कोपिला सिरेङले प्रायोजन गर्ने भएको छ ।

पुष ६ गते लिम्बूहरुको एतिहासिक लोपउन्मुख खेल पक्लुङ लेप्मा (छेलो), हप्रिङ लक्मा (लङजम), लि.तोङ आप्मा (धनुष काड) प्रतियोगिता हुने भएको छ । पुस ७ गते औपचारिक कार्यक्रम हुदैछ । विहान ९ बजे सम्म उधौली पूजा गरी ११ बजे अक्षेता भेटि जम्मा गरी प्रसाद वितरण गरिने, दिनको १२ बजेदेखि साँस्कृतिक केःलाङ, माङलाङ, येवालाङ, याराक्लाङ र हाक्पारे ख्याली प्रस्तुत हुने, सम्मान कार्यक्रम, पुरस्कार कार्यक्रम हुने सिरिजंगा बनका सचिव सन्तोष सिरेङले जनाएका हुन् । साथै गायक दिपक लिम्बूलगायतले प्रस्तुती रहने आयोजकले जनाएको छ ।
समापन कार्यक्रममा मुख्य मन्त्री सेरधन राई, अर्थमन्त्री इन्द्र आङ्वो, चुम्लुङ केन्द्रिय उपाध्यक्ष कमल तिगेला, प्रदेश अध्यक्ष धुव्र कुमार मेयाङ्बो, प्रदेश सांसदत्रय कुसल साम्वा, कृष्णा राई, सूर्यमाराज राईलगायतको उपस्थिति रहने बताइएको छ ।

सम्बन्धित खवर