ऐतिहासिक कदमप्रति लिविद्वारा स्वागत - Sainokhabar
  • शनिबार, बैशाख ०४, २०७८

ऐतिहासिक कदमप्रति लिविद्वारा स्वागत

मंसिर १४ गते
साइनो समचारदाता
इलाम । २ दशक अघिदेखि मातृभाषामा व्यवहारिक शिक्षाको निम्ति अनवरत रुपमा संघर्ष गर्दै आएको लिम्बु विद्यार्थी मञ्चले लिम्बु भाषा सरकारी कामकाजीको भाषा बनेपछि महत्वपूर्ण उपलब्धी मानेको छ ।
स्थानीय सरकार माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयले लिम्बु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गरेपछि संस्थागत रुपमै स्वागत गरेको छ । मञ्चका अध्यक्ष फिपराज बेघाले प्रेश नोट जारी गर्दै माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नरेन्द्रकुमार राई एवम् सबै वडा समितिलाई धन्यबाद व्यक्त गरेको छ । नेपालको संविधान धारा ३, मा ‘नेपाललाई बहुभाषिक बहुसांस्कृतिक राष्ट्र’ र ‘संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक मूलुक’, धारा ६ मा नेपालमा बोलिने ‘सबै मातृभाषाहरु राष्ट्र भाषा’, धारा ७ मा ‘नेपाली भाषाका अतिरिक्त एकभन्दा बढी मातृभाषालाई कामकाजी भाषा बनाउन सक्ने’ र धारा ३२ मा ‘प्रत्येक व्यक्ति समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने मौलिक हकको व्यवस्थालाई स्थानीयस्तरमा कार्यान्वयन गर्न सक्ने’ प्रगतिशिल अधिकार अनुसार वडाले अग्रगामी निर्णय गरेपछि आभार व्यक्त गरेको छ । भाषा उत्पीडित राष्ट्रियताहरुको संस्कृति, इतिहास अस्तित्व, पहिचानसँग जोडिएको अमूल्य निधि भएकाले राष्ट्रिय भाषा लिम्बुलाई स्थानीय सरकारले गरेको ऐतिहासिक कदम प्रति मञ्ले उपलब्धी मानेर सबै मातृभाषीहरुलाई दिपावली गर्न आग्रह गरेको छ ।
मंसिर १३ गते वडा नम्बर ५ माङ्सेबुङ वडा कार्यालयले जातीय बाहुल्यताको आधारमा किरात लिम्बु भाषालाई कामकाजी भाषाको ऐतिहासिक औपचारिक घोषणा सभा गरेको थियो ।

मितिः २०७५ मंसिर १४ गते
प्रेस विज्ञप्ती
लिम्बु विद्यार्थी मञ्च मातृभाषामा व्यवहारिक शिक्षाको निम्ति स्थापना वि.सं. २०५५ सालदेखि नै अनवरत रुपमा अभियान सञ्चालन गर्दै आएको बौद्धिक लिम्बु विद्यार्थीहरुको सामाजिक संस्था हो । यसैबीचमा उत्पीडित राष्ट्रियताको जनचाहना अनुरुप मूल कानुन नेपालको संविधान २०७२ जारी नभए पनि केही उपलब्धीको रुपमा लिएका छौं । नेपालको संविधान धारा ३, मा ‘नेपाललाई बहुभाषिक बहुसांस्कृतिक राष्ट्र’ र ‘संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक मूलुक’ रुपमा उल्लेख गरेको छ । धारा ६ मा नेपालमा बोलिने ‘सबै मातृभाषाहरु राष्ट्र भाषा’, धारा ७ मा ‘नेपाली भाषाका अतिरिक्त एकभन्दा बढी मातृभाषालाई कामकाजी भाषा बनाउन सक्ने’ र धारा ३२ मा ‘प्रत्येक व्यक्ति समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने मौलिक हकको व्यवस्थालाई स्थानीयस्तरमा कार्यान्वयन गर्न सक्ने’ प्रगतिशिल अधिकार समेटिएको छ ।
संविधानमा व्यवस्था बमोजिम संघीय, प्रदेश र स्थानीय सरकार बनेको छ । ती सरकार मध्ये इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ मा वडा सरकारले लिम्बु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । जातीय बाहुल्यताको आधारमा किरात लिम्बु भाषालाई कामकाजी भाषाको ऐतिहासिक औपचारिक घोषणा सभा भव्य कार्यक्रम गर्दै लिम्बु भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग हुँदा हामी लिम्बू विद्यार्थी मञ्च गौरभान्वित भएका छौं । लिम्बु भाषालाई कामकाजीको रुपमा प्रयोगमा आएको ऐतिहासिक कदमप्रति माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नरेन्द्रकुमार राई एवम् सबै वडा समितिलाई धन्यबाद दिदै, निर्णयको स्वागत गर्दै आभार व्यक्त गर्दछौं ।
भाषा सञ्चारको माध्यम हो । भाषा उत्पीडित राष्ट्रियताहरुको संस्कृति, इतिहास अस्तित्व, पहिचानसँग जोडिएको अमूल्य निधि हो । राष्ट्रिय भाषा लिम्बुलाई स्थानीय सरकारले गरेको ऐतिहासिक अग्रगाामी कदम प्रति समस्त लिम्बु विद्यार्थीहरुलाई दिपावली गर्न हुन लुङ्मेन्दिङ अनुरोध गर्दछौं ।
फिपराज बेघा
अध्यक्ष

सम्बन्धित खवर