इन्द्र,कमल बास्कोटा प्रतिष्ठानले ५० विद्यार्थीहरूलाई स्वीटर वितरण - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

इन्द्र,कमल बास्कोटा प्रतिष्ठानले ५० विद्यार्थीहरूलाई स्वीटर वितरण

मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको इन्द्र,कमल बास्कोटा प्रतिष्ठानले पथरीशनिश्चरे ३ मा अवस्थित श्री जनता माद्यमिक विद्यालमा विद्यालयले छनौट गरेका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा स्वीटर वितरण गरेको छ । बिहिबार जनता माविमै आयोजित एक सार्वजनिक कार्यक्रममार्फत अति बिपन्न परिवारका ती विद्यार्थीहरुलाइ स्विटर वितरण गरिएको हो ।
हिउँदे जाडोका कारण नियमित विद्यालय आउन नसक्ने थुप्रै विद्यार्थीलाई विद्यालय आउन(जान सहज होस् भनेर सो स्विटर वितरण गरिएको प्रतिष्ठानका प्रमुख सल्लाहकार युवराज बास्कोटाले जानकारी दिए । ?दचश्र
सोही कार्यक्रममा प्रतिष्ठानले १ लाख रूपैयाँको इन्द्र(कमल अक्षयकोष७लदकउस विद्यालयमा स्थापना गरेको छ । विद्यालयसँग खाजा कार्यक्रममा सहकार्यका लागि २५ विद्यालयलाई दैनिक खाजा खुवाउने कार्यक्रमको पनि यहीँ कार्यक्रममाझ नै सुरुवात गरिएको छ । 
२५ जना अति निम्न विद्यार्थीलाई प्रतिष्ठान ले १ वर्षसम्म दिउँसोको खाजा खुवाउने भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी पथरीशनिश्चरे नगरका उपप्रमुख यमुना बिष्ट बास्तोलाले यस्ता किसिमका सिर्जनात्मक कार्यक्रमले समाजमा परस्पर हार्दिकता, सहिष्णुता र सद्भभावले भरिएको नयाँ संस्कृति निर्माण गर्ने र नियमित विद्यालय आउनरजान नसकेका कैयौं बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन सहयोग पुग्ने बताइन्। उनले अर्को एउटा सन्दर्भमाथि केन्द्रीकृत हुँदै समाजसेवी दर्जनौं व्यक्तित्वहरू जन्माउन सक्ने विद्यालयले आफ्नो शैक्षिक वातावरण पनि बनाउनुपर्नेमा जोड दिइन । यस काममा नगरपालिकाले सहयोग गर्ने बताइन् ।
सोही वडाका वडाअध्यक्ष तथा विद्यालय व्यवस्थापन कमिटी अध्यक्ष डम्बर बहादुर चेम्जोङ, विद्यालयका प्रधानाध्यापक पदम सापकोटा, पुराना शिक्षक रूपनारायण भट्टराई, भूवनेश्वर पोखरेल र प्रतिष्ठानका प्रमुख सल्लाहकार बास्कोटाले आफ्ना धारणा राखेका थिए ।
विभिन्न सामाजिक कृयाकलाप गर्दै आएको प्रतिष्ठानले यो कार्यक्रमलाई क्रमशः पछि पनि निरन्तरता दिने प्रमुख सल्लाहकार बास्कोटाले जनाए ।

सम्बन्धित खवर