क्वाटर फाइनलको आज अन्तिम खेल हुदै - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

क्वाटर फाइनलको आज अन्तिम खेल हुदै

मंसिर ११ गते

साइनो समचारदाता

इलाम । इलामको माङसेबुङमा जारी ११ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको अन्तरगत मंगलबार (आज) अन्तिम क्वाटर फाइनलको खेल हुदैछ ।

दुई अपरिचत टिम सयपत्री सर्वाेत्तममुखी यासोक पाँचथर र खोक्ताप स्पोर्टिङ क्लब धनकुटाबीच प्रतिष्पर्धा गर्नेछन् ।  माङसेबुङ ५ स्थित माङसेबुङ खेल मैदानमा ती दुई टिमबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । आज जित्ने टिमले जलपाइगुडी भारतसँग प्रतिस्पर्धा मंसिर १३ गते गर्नुपर्नेछ ।

हिजो भएको खेलमा एसएस क्लब काठमाडौंले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । उस्ले खेवाङ स्पोर्टिङ क्लब ताप्लेजुङलाई ४–१ गोलको अन्तरले पराजित गर्यो ।  अब काठमाडौंले बुद्ध स्र्पोट क्लब चन्द्रगडीसँग भोलि मंसिर १२ गते प्रतिस्पर्धीको रुपमा भिड्नुपर्नेछ ।

सम्बन्धित खवर