कम्युनिष्ट नेता उप्रेतीको दुर्घटनामा निधन - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

कम्युनिष्ट नेता उप्रेतीको दुर्घटनामा निधन

मंसिर ११
साइनो समचारदाता
पथरी । नेपाल भूमिहीन वसोवास समिति मोरङका अध्यक्ष पथरीशनिश्चरे १० नयाँमंगलबारे निवासी ओमनाथ उप्रेतीको मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।


नेपाल कम्यूनिष्ट पार्टीका नेता ६१ वर्षिय उप्रेतीको निधनमा गहिरो शोक व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीले उनको निवासमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । सो घटनापछि पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिहरु अस्पताल पुगेका थिए । स्थानीय नवदुर्गा सामुदायिक मन्दिरको अध्यक्ष रहनु भएका उनी सोही मन्दिरको कामको शिलशिलामा विराटनगर गएर फर्किदै गर्दा मोटरसाइकल दुर्घटना भएको थियो । राती ७ः५० बजेको समयमा पूर्वपश्चिम मुख्य सडकको कानेपोखरीस्थित दहीखोला पुलमा मे.९ प २७७९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई खोलामा खस्दा उप्रेती सहित मन्दिर समिति सचिव भरतमणि आचार्य सख्त घाइते भएका थिए । पथरी हस्पिटलपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ हस्पिटलमा पुरयाएपछि आन्तरिक रक्तस्रावका कारण मोटरसाइकल चालक उप्रेतीको राती नै निधन भएको हो । सोही मोटरसाइकलको पछाडी बसेका आचार्यको भनें खुट्टा र हात भाँचिइ सोही अस्पतालमा उपचार भइरहेको छ

सम्बन्धित खवर