हिंसा विरुद्ध शरणार्थीको र्याली - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

हिंसा विरुद्ध शरणार्थीको र्याली

मंसिर ११
साइनो समचारदाता
पथरी । भूटानी शरणार्थीहरुले महिला हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन पथरी शनिश्चरे शिविर, मोरङमा र्याली निकालेका छन् ।


शरणार्थी सम्वन्धी राष्ट्र संघीय उच्च आयोग, लुथरन विश्व फेडेरेशन, सेल्फहेल्प ग्रुप, शिविर व्यवस्थापन समिति, पथरीशनिश्चरे नगरपालिकासहितको सहकार्यमा दिवश मनाउने क्रममा शरणार्थीले र्याली निकालेका हुन् । चुप नवसौं, हिंसा रोक्न आवाज उठाऔं सहितका नाराहरु लेखिएका प्लेकार्ड बोडेर शरणार्थीहरुले शिविर परिक्रमा गरेका थिए । अभियानको उद्घाटन् गर्दै पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले आफुले नगरका महिलाहरुका लागि ३ सय ६५ दिन नै हिंसा विरुद्धको दिन बनाएर लाने काम गरिरहेको भनाई राख्नुभएको हो । उहाँले शिविरका महिलाहरुलाई समेत समावेश गरेर ढाका तान सहितका सीपमूलक तालिम सञ्चालन गर्ने उल्लेख गरिन् । कार्यक्रम, शिविर व्यवस्थापन समिति चम्पासिंह राईको अध्यक्षतामा सम्पन्न भयो ।

सम्बन्धित खवर