सरोकारवाको सडक क्षेत्र खाली अभियान - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

सरोकारवाको सडक क्षेत्र खाली अभियान

मंसिर ९
साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको पथरी वजारस्थित पूर्वपश्चिम मुख्य सडक क्षेत्र खाली गर्ने अभियान अघि बढेको छ ।
पथरीशनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यालय सहितका सरोकारवालाहरुको सहकार्यमा पूर्वपश्चिम मुख्य सडकको दायाँदायाँ ८२÷८२ फिट सडक क्षेत्र खाली गर्ने अभियान अघि बढेको हो । अभियान अन्तर्गत चोकमा राखिएका पसल, टहराहरु हटाउने काम भएको छ । अटेर गरी पुन पसल र टहरा राखेमा कडाईका साथ हटाइने नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले जनाए ।
यस अघि पटक पटक सूचना गरी स्काभेटर नै लगाएर सडक क्षेत्र खाली गरिएपनि पुनः पसल र टहरा खडा गरिएपछि सडक खाली गर्ने अभियान अघि बढाइएको छ ।

सम्बन्धित खवर