मुन बिम र स्काइ दोस्रो चरणमा - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

मुन बिम र स्काइ दोस्रो चरणमा

मंसिर ९
साइनो समचारदाता
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र प्याब्सन खेलकुदको अन्तर बिद्यालय फुटबलमा शनिवार भएको खेलमा माध्यमिक विद्यालयको पहिलो खेलमा मुन बिम एकेडेमी बराहक्षेत्र जित दर्ता गरेको छ । १–० गोल अन्तरले प्रकाशपुर डोभर इङलिस स्कुल लाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलमा प्रकाशपुर डोभरका दिवस खड्काले दुर्भाग्यपूण आत्मगाती गोल गरे । खेलको म्याच अफ द म्याच प्रकाशपुर डोभरका अरुण कोइराला घोषित भए ।
दोस्रो खेलमा स्काइ इङलिस स्कुल टाइब्रेकरमा बिजय भएको छ । स्काइ इङलिस स्कुल बराहक्षेत्र ३ र सनसाइन इङलिस स्कुल बराहक्षेत्र १० बिच भएको खेल कुनै गोल नभई टुंगिएको थियो । खेलको निर्णय गर्न भएको टाइब्रेकरमा स्काई इङलिस स्कुलले ४ गोल, सनसाइन इङलिस स्कुलले ३ गोल गरे । म्यान अफदी म्याच स्काई इङलिस स्कुलका गोलरक्षक उज्ज्वल राइ घोषित भए ।


प्रतियोगीतामा प्रथम हुनेलाई १५ हजार दोस्रो हुनेलाइ १० हजार पुरस्कार प्रदान गरिने छ । आज आइतबारको पहिलो खेल माध्यमिक बिद्यालयको तर्फ सिद्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ र जय सप्तकोसी इङलिस स्कुल बराहक्षेत्र १० बिच हुनेछ । दोस्रो खेल बराह राइन्जिग स्टार इङलिस स्कुलबराहक्षेत्र २ र राजाबास इङलिस स्कुलबराहक्षेत्र ९ विच हुने अध्यक्ष कृष्ण तामाङले बताए ।

सम्बन्धित खवर