आज धरान र जलपाइगुडीबीच खेल हुदै - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

आज धरान र जलपाइगुडीबीच खेल हुदै

८ मंसिर
साइनो समचारदाता
इलाम । इलामको माङसेबुङमा आइतबार (आज) संगम फुटबल क्लब धरान सुनसरी र जलपाइगुडी एफसी भारत बीच हुदैछ ।
आत्मानन्द गोल्डकप ११ औं संस्करण अन्तरगत दोस्रो खेल माङ्सेबुङ ५को खेलकुद मैदानमा दिउसो १ बजे आमुन्नेसामुन्ने हुने भएको हो ।
हिजो माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम र बुद्ध स्पोर्ट क्लब चन्द्रगडी झापा बीच भएको उद्घाटन खेलमा झापाले बाजी मारेको छ । ‘हाम्रो पहिचान, राष्ट्रको सान’ भन्ने नाराको साथ भइरहेको खेलमा ८ टिम सहभागी रहेको छ । प्रतियोगिताको फाइनल आगामी मंसिर १७ गते हुदैछ । खेलको विजेताले १ लाख ८ हजार १ सय ६५ र उप विजेताले ७५ हजार १ सय ६५ रुपैयाँ सहित ट्रफी मेडल प्राप्त गर्नेछ ।


खेल किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवाको अवसरमा आयोजना गरिएको हो ।

सम्बन्धित खवर