कविताः मौनता - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

कविताः मौनता

अन्जना इछमफुल राई

मौनताले
पीडाका एकएक टुक्राहरुलाई
हिरामा परिणत गरिदिएको दिन
दुःखका पहाडहरुलाई फोडेर
खुशीको मूलहरु फुटेपछि
म आफ्नै छातीको बगर हुदै
रङ्गिन सप्तकोसी बग्नेछु
घामको शिरफुल सिउरिएर
उदाउनेछु …..
त्यही घामको उज्यालोमा
दिल खोलेर हासौला
एक दिन

अहिलेलाई
यत्ती बुझ्नु,
तिम्रो प्रिय मान्छेलाई
अध्याँरोमा बोल्न मन पर्दैन ।
त्यही
अध्यारोलाइ चिर्न उ
मौनतालाई
धार लगाइरहेछ ।

सम्बन्धित खवर