संघीय प्रेसको जिल्ला भेला - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

संघीय प्रेसको जिल्ला भेला

मंसिर ८
साइनो समचारदाता
विराटनग । संघीय प्रेस फोरम नेपाल मोरङको अध्यक्षमा मुकेश यादब निर्वाचित भएका छन् ।
शुक्रबार विराटनरमा भएको भेलाले सर्वसम्मत् यादबको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजेन्द्र प्रसाद मण्डल, सचिवमा राजेशकुमार राजबंशी, सहसचिवमा रिषि राई, कोषाध्यक्षमा आशा सरदार छन् भने सदस्यहरुमा राज तिलक शाह, सनिता सरदार, विना चौधरी, विष्णुप्रसाद राजबंशी, अयानन्द राजबंशी छन् । संघीय प्रेसका केन्द्रीय सदस्य एवम् मोरङ इञ्चार्जको अध्यक्षतामा भएको भेलाले सुर्यनारायण यादब र नारायण राईलाई सल्लाहकारमा चयन गरेको छ ।

सम्बन्धित खवर